माघ १२,२०८१ / ०८ : ५८ पूर्वान्ह / 2025-01-25 08:58 am
      • param ad
      • furniture
      • veera Incorporation

      विराटनगर किंग्सलाई ९० रनले पराजित गर्दै सुदूरपश्चिमको सानदार जीत

      - २ हप्ता अगाडि
      मंसिर १८,२०८१

      काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा सुदूरपश्चिमले विराटनगरलाई ९० रनले पराजित गरेको हो । 

      विराटनगरको यो लगातार दोस्रो हार हो । सुदूरपश्चिमले दिएको १८३ रनको विशाल लक्ष्य पछ्याएको विराटनगर किंग्सले ९२ रन मात्रै बनायो । विराटनगरका बसिर अहमदले २४, निकोलस किर्टोनले १५ र क्रिस सोलेले १० रन बनाए । अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

       विराटनगर यसअघि जनकपुर बोल्टसँग ८ विकेटले पराजित भएको थियो । आक्रामक ब्याटिङ गरेको सुदूरपश्चिमले बलिङमा पनि उत्कृष्ट प्रदर्शन ग¥यो । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले कप्तान दीपेन्द्र सिंह ऐरीको आक्रमक ब्याटिङमा १८२ रन बनाएको थियो । 

      कप्तान ऐरीले अन्तिम दुई बलमा लगातार छक्का प्रहार गर्दै सानदार फिनिसिङ गरे । उनले १९.५ ओभरमा प्रतिश जिसीलाई छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d