माघ १२,२०८१ / ०९ : १४ पूर्वान्ह / 2025-01-25 09:14 am
      • param ad
      • furniture
      • veera Incorporation

      नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर

      - २ हप्ता अगाडि
      मंसिर १८,२०८१

      काठमाडौं, चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबीच भेटवार्ता भएको छ । दुई मुलुकका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न ८ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

       नेपालका तर्फबाट कायम मुकायम परराष्ट्र सचिव अमृतबहादुर राईले हस्ताक्षर गरेका हुन् । वार्ताअघि प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो ।

       प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल चीनको औपचारिक भ्रमणमा मंगलबार बेइजिङ गएको हो । प्रधामन्त्रीको भ्रमण टोलीमा सरकारी खर्चबाट ३९ जना र निजीबाट ४८ जना गरी ८७ जना रहेका छन् । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d