माघ १२,२०८१ / ०७ : २९ पूर्वान्ह / 2025-01-25 07:29 am
      • param ad
      • furniture
      • veera Incorporation

      प्रधानमन्त्री ओली चारदिने औपचारिक भ्रमणमा चीन प्रस्थान

      - ३ हप्ता अगाडि
      मंसिर १७,२०८१

      काठमाडौं, चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गरेका छन् । चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणमा प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका हुन् ।

       प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपालस्थित चिनियाँ दूतावासका उपप्रमुख वाङ सीन,सुरक्षा निकायका प्रमुखलगायतले  विदाइ गरेका छन् । प्रधानमन्त्री ओलीलाई नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

       भ्रमण टोलीमा प्रधानमन्त्रीकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा .आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सङ्घीय सांसद्हरु, मुख्यसहित विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू,निजी क्षेत्रका प्रतिनिधिहरू,सञ्चारकर्मीलगायत ७८ छन् ।भ्रमण टोलीमा सहभागी ७८ जनामध्ये सरकारीतर्फ ४६ र निजी क्षेत्रबाट ३२ गरी  चीन गएको बताइएको छ । 

      परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले मंगलबार चीनका प्रधानमन्त्री ली छ्याङसँग औपचारिक रूपमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । सोही द्विपक्षीय वार्तामा दुई मुलुकबीचका एजेन्डाहरूमा छलफल हुने तथा सहमति र सम्झौतामा हस्ताक्षर हुनेछन् ।

       गठबन्धनका दलबीच चिनियाँ परियोजना (बीआरआई) कार्यान्वयनमा ‘मध्यमार्गी बाटो’अपनाएर ओली चीन उडेका हुन् । बीआरआई कार्यान्वयनको सम्झौताका विषयलाई लिएर कांग्रेस र एमालेबीच लामै छलफल चलेको थियो। बीआरआई कार्यान्वयनका सम्बन्धमा नेपाल–चीनबीच हुने प्रस्तावित समझदारीका सम्बन्धमा कांग्रेसले प्रस्ताव गरेकै नाममा अन्ततः सहमत जुटेको हो । प्रधानमन्त्री ओली चीनको चार दिने भ्रमण पूरा गरी यही मङ्सिर २० गते स्वदेश फर्कने कार्यतालिका छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d