मंसिर २६,२०८१ / ०९ : २२ अपरान्ह / 2024-12-11 09:22 pm
      • param ad
      • furniture
      • veera Incorporation

      मौद्रिक नीतिको समीक्षा सार्वजनिक (पूर्णपाठ सहित)

      - एक हप्ता अगाडि
      मंसिर १४,२०८१

      काठमाडौं, नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । समीक्षामा कुनै पनि नीतिगत व्यवस्थालाई नचलाई गत साउनमा सार्वजनिक मौद्रिक नीतिको कार्यदिशालाई नै निरन्तरता दिइएको छ । 

      सो नीतिबाटै मूल्य स्थिरता तथा बाह्य क्षेत्र स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले मौद्रिक नीति समीक्षा मार्फत मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशतमा यथावत राखेको छ । 

      यस्तै ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखेको छ । अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई पनि चलाएको छैन । अहिलेको अवस्थामा मौद्रिक औजार र नियामकीय औजारमा कुनै परिवर्तन नरहेको निष्कर्षसहित त्यसैलाई निरन्तरता दिएको राष्ट्र बैंकले औंल्याएको छ ।

        सम्बन्धित समाचारहरु