मंसिर २६,२०८१ / ०८ : ५९ अपरान्ह / 2024-12-11 08:59 pm
      • param ad
      • furniture
      • veera Incorporation

      दीपक मनाङे डिल्लीबजार कारागार चलान

      - ३ हप्ता अगाडि
      कार्तिक २७,२०८१

      काठमाडौ, सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका गण्डकी प्रदेशका सांसद दीपक मनाङेलाई डिल्लीबजार कारागारमा राखिने भएको छ । आज बिहान स्वयम्भू, सानोभ¥याङस्थित कम्फोर्ट हाउजिङबाट सीआईबीको टोलीले उनलाई पक्राउ गरेको थियो । २गण्डकी प्रदेश सभा सदस्य उनी ज्यान मार्ने उद्योग मुद्दामा सर्वोच्च अदालतबाट एक साताअघि दोषी ठहर भएका थिए । त्यसयता फरार रहेका उनलाई प्रहरीले खोजी गरिरहेको थियो । सर्वोच्च अदालतले यसअघि उच्च अदालतबाट भएकै फैसलालाई सदर गरेको हो । 

      उच्च अदालतले उनलाई दोषी ठहर गरी पाँच वर्ष कैद सजाय सुनाएको थियो । त्यसविरुद्ध गुरुङ सर्वोच्च गएकोमा माग दाबी नपुग्ने फैसला भएको हो । गुन्डागर्दी पृष्ठभूमिका मनाङेको समूहले चक्रे मिलन मिलन गुरुङलाई खुँडा प्रहार गरेको घटनामा यो फैसला भएको हो । सो मुद्दामा मनाङे यसअघि दुई वर्ष जेल बसिसकेका छन् । उनी अब करिब ३ वर्ष मात्र जेलबसे पुग्छ ।

        सम्बन्धित समाचारहरु