मंसिर २६,२०८१ / ०९ : ४४ अपरान्ह / 2024-12-11 09:44 pm
      • param ad
      • furniture
      • veera Incorporation

      भैरहवाबाट कतार एयरवेजको आजदेखि दैनिक उडान

      - ३ हप्ता अगाडि
      कार्तिक २७,२०८१

      काठमाडौं, कतार एअरवेजले आजदेखि राजधानी दोहाबाट भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान गर्ने भएको छ । कतारले दोहा–भैरहवा–काठमाण्डौ रुटमा गर्ने गरी अनुमति लिएको छ ।

      यसअघि उक्त वायुसेवाले कतार–काठमाडौं दैनिक ३ वटा उडान गर्दै आइरहेको छ । आजबाट दोहा–भैरहवा–काठमाडौं–दोहा उडान गर्नेछ । कतार एयरवेजको जहाज दिउसो २ः४५ मा भैरहवा आउने छ । ४ः४५ बजे काठमाडौंको लागि प्रस्थान गर्नेछ । कठमाडौंबाट साँझ ६ः५५ बजे दोहा प्रस्थान गर्नेछ । भैरहवामा उडान गर्ने कतार एअरवेज पाँचौँ कम्पनी हो । 

      यो सँगै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमान कम्पनी ५ वटा पुगेका छन् । यसअघि नेपाल एयरलाइन्स, जजिरा, फ्लाइ दुबई र थाइएयर एशियाले उडान थालिसकेका छन् । नोभेम्बर १२ देखि ३० सम्म १९ वटा उडान गर्ने गरी अनुमति प्रदान गरिएको छ भने कतार यरवेजल हप्तामा सातै दिन दोहा–भैरहवा–काठमाडौं उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

      अब भैरहवामा पाँच वटा वायुसेवाले हप्तामा २४ वटा उडान गर्नेछन्  । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको काम शुरु भएसँगै दैनिक १० घण्टा उडान कटौती भएका छन् । योसँगै भैरहवामा चहलपहल बढेको हो । २०७९ सालको जेठदेखि सञ्चालनमा आएको भैरहवामा लामो समय अन्तर्राष्ट्रिय उडान नहुँदा निराश बनेका स्थानीय र व्यवसायी अहिले भने उत्साहित हुन थालेका छन् ।

        सम्बन्धित समाचारहरु