मंसिर २६,२०८१ / १० : ४० अपरान्ह / 2024-12-11 10:40 pm
      • param ad
      • furniture
      • veera Incorporation

      भाटभटेनीको नाममा आयो एमालेलाई दान दिने भनिएको जग्गा

      - ९ घण्टा अगाडि
      कार्तिक २६,२०८१

      काठमाडौं, काठमाडौं, भाटभटेनी सुपर मार्केटले नेकपा एमालेलेलाई दान दिने भनेको जग्गा बल्ल आफ्नो नाममा ल्याएको छ । अरूको नाममा रहेको जग्गामा एमालेको भवन बनाउने भन्दै शिलान्यास गरेको महिनादिनपछि बल्ल जग्गा भाटभटेनीले आफ्नो नाममा ल्याएको हो ।

      भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङले जग्गादान घोषणा गरेपछि एमालेको भवन शिलान्यास गरेको हो । केही समय अघि मात्रै अरुकै नाममा रहेको जग्गामा भवन शिलान्यास भएको भन्दै आलोचना भएको थियो । अर्कोतर्फ व्यापारीबाट जग्गा दान लिनु स्वार्थ देखिएको भन्दै आलोचना भइरहेको छ । 

      भाटभटेनीले एमालेलाई जग्गादान गरेको विषयमा प्रश्न उठाइ दायर भएको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले कात्तिक १२ मा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्च अदालतले अन्तरिम आदेशले निरन्तरता पाउने वा नपाउने भन्ने तय गर्न सोमबारका लागि दुवै पक्षलाई सुनुवाइका लागि बोलाएको थियो । 

      तर सर्वोच्च अदालतमा परेको रिट हेर्न नमिल्नेमा परेको छ । सोमबार उक्त रिट न्यायाधीशद्वय नहकुल सुवेदी र नित्यान्द पाण्डेयको इजलासमा पेसी तोकिएको थियो । अब नयाँ पेसी अर्को मितिमा तोकिनेछ । प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले १२ कात्तिकमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

        सम्बन्धित समाचारहरु