काठमाडौं, कीर्तिपुर अस्पतालको पछाडि अन्दाजी ३५ वर्षीया एक महिला मृत अवस्थामा फेला परेकी छन् । सोमबार बिहान कीर्तिपुर नगरपालिका–२ कीर्तिपुर अस्पताल पछाडिको झाडीमा महिला मृत फेला परेकी हुन् ।
शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ । घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान अघि बढाएको छ । उता महोत्तरीमा अनुहार जलेको अवस्थामा एक महिला मृत फेला परेकी छन् । पिपरा गाउपालिका–७ दनौली चौरीस्थित स्थानीय अशोक ठाकुरको आँप बगैँचामा अनुहार जलेको अवस्थामा सोमबार बिहान महिला मृत फेला परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार करिब २५÷२६ वर्षिया कालो लेगिज र हल्का पहेँलो रंगको कुर्ति लगाएकी महिला मृत भेटिएकी हुन् । घटनाको प्रकृति हेर्दा कसैले विभत्स किसिमले हत्या गरे जस्तो देखिएको एसपी पोखरेलले जानकारी दिए । पहिचान खुल्न नसकोस् भनेर अनुहार जलाएको हुनसक्ने प्रहरीको अनुमान छ ।