फागुन २८,२०८२ / ०७ : १० पूर्वान्ह / 2026-03-12 07:10 am
      • param ad
      • furniture
      • veera Incorporation

      कुलमानले महसुल नतिर्ने ४९ उद्योगको बिजुली फेरी काटे

      - १ वर्ष अगाडि
      कार्तिक ९,२०८१

      काठमाडौं, डेडिकेटेड र ट्रंकलाइनको महसुल नतिरेको भन्दै कुलमानले उद्योगहरूको बिजुली काटेको छन् । प्राधिकरणले गएको असोज २४ गते ४९ उद्योगले थप दस्तुर सहित तिर्नुपर्ने बिजुलीको महसुल कात्तिक ८ भित्र बुझाउन र महसुल नतिरे कानुन बमोजिम असुल गर्ने सूचना निकालेको थियो । 

      महसुल तिर्न दिएको समय हिजो सकिए सँगै प्राधिकरणले गएराति उद्योगको बिजुली काटेको हो । किस्ताबन्दी सुविधा लिएर बक्यौता तिर्न शुरु गरेका पाँच उद्योग र अदालतबाट अन्तरिम आदेश पाएको एउटा उद्योग बाहेक सबै उद्योगको लाइन काटिएको छ  । डेडिकेटेड र ट्रंकलाइनको महसुलबारे निर्णय गर्न बसेकोे बैठक निष्कर्ष विहीन भएपछि प्राधिकरणले बेलुकादेखि उद्योगको लाइन काट्न थालेको हो । 

      त्यसअघि प्राधिकरणका कार्यकारी निर्देशककुलमान घिसिङले उर्जा मन्त्रीदिपक खड्कालाई भेटेर बिजुली नकाट्ने हो भने मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने बताएका थिए । मन्त्रिपरिषद् बैठकमा यसबारेमा छलफल भए पनि कुनै निर्णय भएको थिएन । त्यसलगत्तै उद्योगको बिजुली काट्न थालिएको हो । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d