काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालको एक सय दिनको प्रमुख कार्य र उपलब्धिको विवरण सुनाएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलबाट प्रधानमन्त्रीले सम्बोधन गरेका हुन् ।
सम्बोधनका क्रममा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास र हैसियत भएका दलहरू मिलेर बनेको सरकार ढल्ने दिवा सपना कसैले नदेख्न आग्रह गरे ।
यसैगरी उनले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमा संलग्नमाथि कारबाही गरिने समेत बताए । ओलीले सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरूमाथि सरकारले कानुनी कारबाही सुरु गरेको समेत बताए ।
(पूर्णपाठसहित)