असोज २८,२०८१ / ०९ : ०८ पूर्वान्ह / 2024-10-14 09:08 am
      • param ad
      • furniture
      • veera Incorporation

      पहिरो जाने कुरा सरकारलाई थाहा नहुने प्रधानमन्त्रीको टिप्पणी

      - एक हप्ता अगाडि
      असोज १४,२०८१

      काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बाढी पहिरोका घटनापछि उद्धार र राहतको कामलाई सक्दो तीव्रता दिएको बताएका छन् ।

      अमेरिकाबाट फर्किएपछि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले सरकारले उद्धार र राहतमा राम्रो काम गरेको  बताए । ओलीले सरकारले क्षमताअनुसारको उद्धार र राहतका कार्यक्रम गरिरहेको बताए । उनले  विरोधका लागि विरोध गर्नुको औचित्य नभएको बताएका छन् । 

      मौसम विज्ञान विभागले एक हप्ताअघि अति ठूलो वर्षको नै पूर्वसूचना दिएको र तीन दिनअघि ’रेड अलर्ट’ जारी गरेको अवस्थामा पनि सरकारले पूर्वतयारी किन गर्न सकेन त ? भन्ने पत्रकारको प्रश्नमा ओलीले कहाँ कहाँ पहिरो जान्छ भनेर सरकारलाई थाहा नहुने र थाहा हुने कुरा पनि नभएको अनि काठमाण्डौमा यति धेरै डुबान हुन्छ भन्ने पनि आँकलन नभएको बताए । विपद्पछि भने सरकारले सक्दो काम गरिरहेको उनले बताए ।

        सम्बन्धित समाचारहरु