सुनसरी - पानीको बहाव कम हुँदै गएपछि सप्तकोशी ब्यारेजबाट आवत–जावतमा लगाइएको प्रतिबन्ध आइतबार साँझदेखि हटाइएको छ ।
ब्यारेजका ५६ ओटै ढोका खोलिएको भएपनि पानीको बहाव ६ लाख क्यूसेकभन्दा बढी भएपछि ब्यारेजबाट आवत–जावत गर्न शनिबार बेलुका ४ बजेदेखि अनिश्चित कालका लागि बन्द गरिएको थियो । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले पानीको बहाव कम भएको र ब्यारेजमा थुप्रिएको फोहोर सफा गरिसकेको कारण आइतबार साँझदेखि आवतजावत खुल्ला गरिएको बताएका छन् ।
साँझ गरिएको पानीको मापन अनुसार सप्तकोशीमा अहिले ३ लाख ५० हजार क्युसेक पानीको बाहब रहेको छ । आइतबार बिहान पानीको बहाव ६ लाख ६१ हजार क्युसेक पुगेको थियो । त्यसपछि निरन्तर पानीको बहाव घटिरहेको छ ।