असोज २८,२०८१ / ०८ : ०८ पूर्वान्ह / 2024-10-14 08:08 am
      • param ad
      • furniture
      • veera Incorporation

      ललितपुरमा ट्यांकरबाट खानेपानी वितरण गर्ने विपद् व्यवस्थापन समितिको निर्णय

      - एक हप्ता अगाडि
      असोज १३,२०८१

      ललितपुर - ललितपुर महानगरपालिकाले विपद् प्रभावित वडामा ट्यांकरबाट पानी वितरण गर्ने भएको छ ।

      महानगर स्तरीय विपद् व्यवस्थापन समितिको आइतबार बसेको बैठकले वडा स्तरबाट खानेपानी व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

      मेयर चिरीबाबु महर्जनले बाढी, पहिरोपछि पानीको स्रोत प्रभावित हुने भएकाले पानीजन्य रोग फैलिन नदिन यो व्यवस्था गरेको बताए ।

      उपमेयर मञ्जली शाक्य बज्राचार्यले प्रत्येक वडाबाट बाढी प्रभावितको तथ्यांक लिएर त्यसकै आधारमा राहत व्यवस्था गर्नुपर्ने बताइन् । उनले कार्यपालिकाको आकस्मिक बैठकले केही विषय तत्काल निर्णय गर्नुपर्ने बताइन् । 

      महानगर प्रवक्ता तथा वडा नम्बर ९ का अध्यक्ष राजु महर्जनले खोला नजिकका वडा बढी प्रभावित भएको बताए ।

      महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख सरिता महर्जनले स्वास्थ्य चेतनाका लागि ‘¥यापिड रेस्पोन्स टिम’ तत्काल परिचालन गर्ने बताइन् । थप औषधिको आवश्यकता रहेकाले वडा–वडामा पानी शुद्धीकरणका लागि औषधि वितरण गर्ने बताइन् ।

        सम्बन्धित समाचारहरु