काठमाडौं, विगत दुई दिनदेखि देशका अधिकांश स्थानमा निरन्तर भइरहेको वर्षाका कारण बाढी र पहिरोले ठुलो धन जनको क्षती भएको छ । जल तथा मौसम विभागले पछिल्लो २४ घण्टामा अधिकतम ३४५ मिलिमिटरसम्म वर्षा भएको जनाएको छ।
देशका अन्य स्थानको तुलनामा सुदूर पश्चिम र कर्णालीमा केही कम वर्षा भएको विभागले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले आइतवार बिहानसम्मै वर्षाको सम्भावना रहेको जनाएको छ। मैसमविदका अनुसार आइतवार दिउँसोबाट मात्रै वर्षा कम हुने देखिएको छ । आज राति र भोलि बिहानसम्म वर्षा जारी रहने र भोलि बिहानबाट कम हुँदै जाने बताइएको छ ।
कतिपय स्थानहरूमा आज दिउँसो र रातिबाट पनि मौसममा सुधार हुँदै जाने देखिएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका कैयौँ स्थानसम्म अति भारी वर्षा भएको महाशाखाले जनाएको छ ।