काठमाडौँ, काठमाडौँ प्रहरीले चाडपर्वको समयमा तत्काल घटनास्थलमा पुग्ने गरी ७६ वटा ‘क्युआरटी’ टिम परिचालन गर्ने निर्णय गरेको छ ।
काठमाडौँ जिल्लालाई १४ वटा एरियामा विभाजन गरेर डीएसपीको कमान्डमा १० जनाको टिम परिचालन गर्ने गरी सुरक्षा योजना सार्वजनिक गरेको छ । दसैँ, तिहार र छठ पर्वको सुरक्षामा काठमाडौँ जिल्लामा मात्र ३ हजार ७६५ जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना सार्वजनिक गरिएको छ । घटना भएको ५ मिनेटमा पुग्ने र ३० मिनेटमा प्रतिकार्य पुरा गर्ने काठमाडौँ प्रहरीको योजना छ ।