असोज २८,२०८१ / ०७ : ५५ पूर्वान्ह / 2024-10-14 07:55 am
      • param ad
      • furniture
      • veera Incorporation

      दक्षिण कोरियामा धेरै कामदार पठाउनेमा नेपाल पहिलो

      - ३ हप्ता अगाडि
      असोज २,२०८१

      काठमाडौ, दक्षिण कोरियामा धेरै कामदार पठाउनेमा नेपाल पहिलो नम्बरमा परेको छ । पछिल्लो समय दक्षिण कोरिया नेपाली युवाका लागि आकर्षक रोजगार गन्तव्य देशका रूपमा रहेको छ ।

       २०२४ को पछिल्लो सात महिनाभित्र ४ हजार २ सय ८५ नेपाली श्रमिक दक्षिण कोरिया गइसकेका छन् । इपीएसअन्तर्गत वैदेशिक रोजगारीमा दक्षिण कोरिया जाने संख्या लगातार बढ्दो छ । अहिलेसम्म ९८ हजार तीन सय १० पुरुष र सात हजार दुई सय ४३ महिला गरी एक लाख पाँच हजार पाँच सय ४४ जनाले दक्षिण कोरियामा रोजगारी प्राप्त गरिसकेका छन् ।

       नेपाली युवा रोजगारीका लागि दक्षिण कोरिया जान थालेको १७ वर्षको अवधिमा सबैभन्दा धेरै अघिल्लो वर्ष सन् २०२३ मा १९ हजार छ सय ८९ जना दक्षिण कोरिया गएका छन् । यसरी तथ्यांकलाई हेर्दा सन् २०२३ मा नेपाल कामदार धेरै पठाउने पहिलो देश बनेको छ । दक्षिण कोरिया रोजगारीका लागि अनिवार्य भाषा परीक्षामा सहभागी नेपाली युवाको संख्याले पनि यो तथ्यलाई पुष्टि गर्छ । 

      सन् २००८ देखि दक्षिण कोरियाले ईपीएसमार्फत रोजगारीका लागि नेपाली श्रमिक लैजाँदै आएको छ । ईपीएस शुरु भएयता लिइएका भाषा परीक्षामा सहभागी हुन नौ लाख बढीले आवेदन फारम भरेका छन् । वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाको तथ्याङ्कानुसार अहिलेसम्म नौ लाख १९ हजार छ सय ३१ युवाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिएका छन् । सन् २०२४ का लागि अहिलेसम्मकै बढी एक लाख ९९ हजार एक सय १३ जनाले भाषा परीक्षाका लागि आवेदन दिएका थिए । 

        सम्बन्धित समाचारहरु