काठमाडौं’, दिनअघि ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको हृदयघातका कारण मृत्यु भएको छ । ४५ वर्षीय राईलाई बुधबार बिहानै हृदयघात भएको चाल पाएपछि ग्रान्डी अस्पताल पु¥याइएको थियो ।
मोरङको बेलबारी घर भएका राईले ७५ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गर्दै पछि ओभरल भिडन्तमा मिस्टर काठमाडौं जितेका थिए । प्रकाशले मिस्टर काठमाडौंका लागि १ लाख ५० हजार र आफ्नो प्रतिस्पर्धामा पहिलो भएवापत छुट्टै १५ हजार नगद पुरस्कार प्राप्त गरेका थिए ।
राई टीम म्यानेजरसहित होटलमा बस्दै आएका थिए । घटनापछि राईका आफन्त मोरङबाट काठमाडौं पुगेका छन् ।