इटहरी, इटहरी उपमहानगरपालिकाले सर्वसाधारण नागरिकलाई आज देखि ४ वटा विद्युतिय नगर बस सेवा सुरु गरेको छ । सुरुवाती चरण भन्दै आज र भोलि निशुल्क सन्चालन गरेको छ ।
इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले आज नगर बसमा चडेर बिभिन्न वडाहरुको अवलोकन गरेका छन् । पत्रकार सम्मेलन गर्दै नगर बस सञ्चालनमा आउने जानकारी दिए । विद्युतीय बस सेवा वातावरणमैत्री, सुरक्षित, भरपर्दो, र उपभोक्तामुखी हुने भन्दै सर्वसाधरण उत्साहित भएको बताएका छन् । यस्तै अपाङ्ग मैत्री बस भएको भन्दै शारिकिक अपाङ्गता भएकाहरु समेत उत्साहित भएका छन् ।
सडक सञ्जाल विस्तार भए पनि इटहरीका सबै क्षेत्रमा सार्वजनिक यातायात नियमित रूपमा उपलब्ध नभएकाले नगरवासीको यात्रालाई सुविधाजनक बनाउने प्रयासस्वरुप सेवा प्रारम्भ् भएको हो । नगर क्षेत्रमा बिहान ७ देखि ११ बजेसम्म र अपराह्न २ देखि साँझ ७ बजेसम्म नियमित सञ्चालन गरिने उक्त सेवाका निम्ति हाललाई रु २० तोकिएको छ । गत साउन २२ गते ६ करोड ३६ लाख ८६ हजार रुपैयामा उपमहानगरपालिकाले खरिद गरेको हो ।