असोज २८,२०८१ / ०७ : ०२ पूर्वान्ह / 2024-10-14 07:02 am
      • param ad
      • furniture
      • veera Incorporation

      पुर्वाञ्चल बाल सेवा आश्रम बिराटनगरले मनायो ६०औँ राष्ट्रिय बाल दिवस

      - ३ हप्ता अगाडि
      भाद्र २९,२०८१

      बिराटनगर, देशभर ६०औँ राष्ट्रिय बाल दिवस मनाइरहदा बिराटनगर १३ स्थित पुर्वाञ्चल बाल सेवा आश्रम बिराटनगरले पनि एक कार्यक्रम गरी राष्ट्रिय बाल दिवस मनाएको छ । ‘बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी’ भन्ने नाराका साथ मनाइएको बाल दिवसको उपलक्ष्यमा आश्रममा आश्रीत बालबालिकाहरुलाई विभिन्न प्रतियोगिता गरी  ४० विधामा पुरस्किृत गरीएको थियो । कार्यक्रममा बालबालिकाहरुले आफुहरुले कला देखाएर पुरस्कार पाएको भन्दै खुसी व्यक्त गरे ।

      पुरस्कृत भएका बालबालिकालाई आजको कार्यक्रमकी प्रमुख अतिथि कोशि प्रदेश सभा सदस्य शोभा चेम्जोङ्गले नगद सहित प्रमाणपत्र प्रदान गर्दै बधाई दिएकि छन् । उनले कार्यक्रममा बोल्दै सरकारले गर्ने काम आश्रमले गरेको भन्दै पुर्वाञ्चल बाल सेवा आश्रम परिवारलाई धन्यवाद दिदै आगामि दिनमा आश्रमलाई आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्ने प्रतिबद्धता गरीन् ।

      कार्यक्रममा सेवा नै परम धर्म हो भन्ने उखानलाई साक्षतकार गर्दै ४० बर्षदेखि अनवरत बालबालिकाको संरक्षण र सेवामा काम गर्दै आउनुभएकी पुर्वाञ्चल बाल सेवा आश्रम बिराटनगरकी अध्यक्ष सीता पोखरेलले बिभिन्न संस्था, चन्दा दाता तथा मनकारी मनहरुको साथ र सहयोगको कारण आश्रमले बालबालिकाको भविष्य उज्वल बनाउन सहयोग गरेको बताएकि छन् । उनले अगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दै ६०औँ राष्ट्रिय बाल दिवसको अवसरमा सबैलाई शुभकामना दिएकि छन् ।

      यस्तै विराटनगर महानगरपालिका बाल कल्याण विभाग प्रमुख मन्जु लोहोनीले कार्यक्रममा सम्पूर्ण बालबलिका सुरक्षित र बालशोष्णमुक्त होउन भन्दै तीनै तहका सरकारले बालबालिकाको क्षेत्रमा लगानी बढाउनुपर्ने बताइन् ।

      उक्त बाल दिवस कार्यक्रममा  विभिन्न क्षेत्रमा आबद्ध बिशिष्ठ ब्याक्तित्वहरुको सहभागिता रहेको थियो । विक्रम संवत २०४४ साल जेष्ठ १९ गतेदेखि समाजका प्रत्येक घरका मनकारी मनहरुबाट दिनको १ मुठ्ठी चामल र महिनाको २ रुपैया पैसा दान संकलन  अभियान सुरु गरेर बालबालिकाको संरक्षण गर्दै आएको पुर्वाञ्चल बाल सेवा आश्रमा हालसम्म आइसक्दा ३०० भन्दा बढि बालबालिकाले आमाको मातृबात्सल्यता र संरक्षण पाइरहेका छन् । 

      नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ । २०४७ साल भदौ २९ गते नेपालले संयुक्त राष्ट्रसंघको बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिइ राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको छ ।

        सम्बन्धित समाचारहरु