इनरुवा, जिल्ला प्रहरी कार्यालय सुनसरीले ठुलो परिमाणमा धानबारीमा गाडेर लुकाई राखेको अबस्थामा अवैध गाँजा बरामद गरेको छ ।
बिशेष सूचनाको आधारमा बिहिबार राती इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको प्रहरी अधिकृतको टोलीले सुनसरी जिल्ला कोशी गाँउपालिका वडा नं ६ र ७ सिमाना स्थित धानबारीमा सेतो प्लाष्टिकको बोरामा गाडेर लुकाई राखेको अबस्थामा २८ बोरा अवैध गाँजा फेला पारी बरामद गरेको हो ।
उक्त बरामद गरीएको २८ बोरा अवैध गाँजाको तौल आठ सय छयालिस केजी रहेकोले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नविन कृण्ण भण्डारीले बताए ।