असोज २८,२०८१ / ०८ : ४३ पूर्वान्ह / 2024-10-14 08:43 am
      • param ad
      • furniture
      • veera Incorporation

      १० महिनापछि औपचारिक रूपमा चल्न थाल्यो टिकटक

      - १ महिना अगाडि
      भाद्र २१,२०८१

      काठमाडौं, सरकारले १० महिनापछि औपचारिक रूपमा टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिएको हो ।

      १५ दिन अघि नै मन्त्रिपरिषद्को बैठकले टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय गरेको भए पनि प्राधिकरणले औपचारिक जानकारी गराएको थिएन । केही सेवा प्रदायकले सरकारको निर्णयकै आधारमा टिकटिक खुला गरेका भए पनि धेरैले टिकटकमाथिको प्रतिबन्ध हटाएका थिएनन् ।   

      अब भने नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै मन्त्रिपरिषदको निर्णयअनुसार टिकटकमा लगाइएको रोक हटाउन निर्देशन दिएको हो । शर्तसहित प्रतिबन्ध हटाउने सरकारको निर्णयपछि टिकटकका प्रतिनिधिहरु काठमाडौं आएका थिए । 

      उनीहरुले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका शर्तहरुबारे छलफल गरेर सबै सर्ब शर्त मान्न तयार रहेको बताएका थिए । सामाजिक सद्भाव खलबल्याएको भन्दै सरकारले २७ कात्तिक २०८० मा टिकटक बन्द गरेको थियो । त्यसको करिब साढे नौ महिनापछि गत ६ भदौमा मन्त्रिपरिषद बैठकले शर्तसहित टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय लिएको थियो । 

        सम्बन्धित समाचारहरु