भाद्र २३,२०८१ / ०९ : ३२ पूर्वान्ह / 2024-09-08 09:32 am
      • param ad
      • furniture
      • veera Incorporation

      नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यम समितिको तीज कार्यक्रम सम्पन्न

      - ५ दिन अगाडि
      भाद्र १७,२०८१

      विराटनगर, नेपाली नारीहरुको महान चाड हरितालिका तिजको उपलक्ष्यमा समितीले तिजमा सिप भन्ने नाराका साथ नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यम समिति मोरङले शुभकामना आदन प्रदान कार्यक्रम समापन गरेको छ ।

      आइतबार विराटनगरमा सम्पन्न उक्त कार्यक्रममा मोरङ बाट ३०० बढी महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा गाँउ घरमा उत्पादन गरीने परम्परालाई जगेर्ना गर्दै दुना टपरी गाँस्ने, धुप बात्ती बनाउने र नाचको प्रतियोगिता गरीएको थियो ।

      कार्यक्रममा सबै भन्दा पहिले धुप बनाउने प्रतियोगिता भएको थियो जस्को समय अवधी १० मिनेट रहेको थियो । साथै दोस्रो प्रतियोगिता जुन दुना टपरी गास्ने थियो, त्यसको समय अवधी १५ मिनेट थियो र अन्तयमा नृत्य प्रतियोगिता रहेको थियो, जस्को मुल्यांकन उत्कृष्ट नर्तक रोजेर भएको थियो । कार्यक्रममा सबै भन्दा पहिले धुप बनाउने प्रतियोगिता भएको थियो जस्को समय अवधी दश मिनेट रहेको थियो ।

      चौविस जना धुप बनाउन सहभागी भएका मध्ये दिपिका ठकुरी, उर्मिला तामाङ, नितु भट्टराई क्रमसः पहिलो, दोस्रो र तेस्रो भएका थिए  । त्यसैगरी दोस्रो प्रतियोगिता दुना टपरी गास्ने थियो, त्यसको समय अवधी १५ मिनेट थियो दुना टपरी गास्ने प्रतियोगितामा सुनिता निरौला पहिलो , उमा निरौला दोस्रो र सिता अधिकारी तेस्रो भइन् । र नृत्य प्रतियोगितामा पहिलो संगिता यादव, दोस्रो निता श्रेष्ठ र तेस्रो उमा निरौला भइन् ।

      /pagegallery/2024090267.jpg

      समितीले तिजमा सिप भन्ने नाराका साथ विगत देखिनै विभिन्न सिपमुलक तालिम पनि दिदै आएको छ । यस भन्दा अगाडि खेर गइरहेको मकैको खोष्टालाई सदुपयोग गरी व्याच र फुल बनाउने तालिम सम्पन्न भइसकेको छ । साथै फेब्रिकको माला बनाउने त्यसैगरी धुप बनाउने, जस्ले महिलाहरूलाई आत्मनिर्भर बनाउनमा सहयोग भुमिका खेल्छ यस्ता खालका विभिन्न तालिम समितीले दिदै आएको छ ।

      यस प्रकारका तालिमले महिला उद्यमशीलता र आत्मनिर्भरता प्रोत्साहन गर्ने दिशामा महत्त्वपूर्ण कदम चालेको महिला उद्यमीहरुको भनाई छ । महिला उद्यमीहरुको प्रयासले तिजको पर्वलाई खुशीमय बनाउनुको साथैे समाजमा सकारात्मक सन्देश फैलाउने कार्य पनि गरेको र यस्तै तालिमको माध्यमबाट महिलाहरूलाई नयाँ–नयाँ सीप सिकाउने र तिनको आर्थिक स्थिति सुधार्ने लक्ष्य राखिएको महिला उद्यम समिति मोरङकी अभ्यक्ष अमृता भण्डारीले बताइन् ।

      यो विशेष कार्यक्रमको आयोजनाले महिलाहरुलाई सिर्जनशीलता र आत्मनिर्भरता तर्फ प्रोत्साहित गर्ने काम गरिरहेको र समुदायमा नयाँ आशा र प्रेरणा पनि जन्माएको नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका बरीष्ठ उपाध्यक्ष  विजय कुमार रायले बताए ।

      तिजको महत्त्व र महिला उद्यमीहरूको योगदानलाई विशेष रूपमा जोड दिँदै तिजको खुशीयाली सबैको जीवनमा समृद्धि ल्याओस् भन्ने शुभकामना नरमाया हस्तकला उद्योगकी संञ्चालक नरमाया दंगालले व्यक्त गरिन् । यस्तै महिलाहरुले जे पनि गर्न सक्छन् भन्ने उदाहरणका साथ सहभागि ऐश्रेर्याले सनाई बाजा बजाएर कार्यक्रमको माहोल अझ रोचक बनाएकी थिइन् । उनको त्यो प्रस्तुती देखेर कार्यक्रमका सहभागीहरुमा उत्साह थपिएको थियो ।

      कार्यक्रममा विभिन्न महिला उद्यमीहरू, स्थानीय जनप्रतिनिधि र साना उद्योगका प्रतिनिधिहरूको उपस्थिति थियो । सहभागीहरूले एकअर्कासँग तिजको पर्वको शुभकामना आदान प्रदान गरे र नेपाली सांस्कृतिक परम्पराको महत्वलाई सम्मान गर्नुपर्ने कुरामा जोड दिए । नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यम समिति मोरङले यस कार्यक्रमको आयोजनामा सहभागिता जनाउँदै आगामी दिनहरूमा पनि महिला उद्यमीहरूको उत्साहवर्धन गर्न निरन्तर प्रयास गर्ने जनाउँदै  कार्यक्रमको समापन गरेको थियो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d