काठमाडौं, टेक्सस राज्यको ह्युस्टनमा एक नेपालीको गोलीहानेर हत्या भएको छ । भोजपुर घर भएकी नेपाली विद्यार्थीमुना पाण्डेको आफ्नै बसेको अपार्टमेन्टमा गोलीहानेर हत्याभएको हो । पाण्डेलाई सोमबार साँझ छातीमा गोली लागेको अवस्थामा अपार्टमेन्टमा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । सोमबार बेलुका ५ बजेर ३५ मिनेटमा ह्युस्टन प्रहरी घटनास्थलमा पुग्दा मृत अवस्थामा थिइन् । ह्युस्टन प्रहरीले विज्ञप्ति जारी गर्दै पीडितलाई अपार्टमेन्ट भित्र धेरैवटा गोलीलागेको उल्लेख गरेको छ । भोजपुरकी पाण्डे सन् २०२१ मा स्नातक अध्ययनका लागि अमेरिका गएकी थिइन् । पाण्डे ह्युस्टन कम्युनिटी कलेजमानर्सिङ विषयमा अध्ययनरत रहेको नेपाली एसोसिएसन अफ ह्युस्टनका प्रथम उपाध्यक्ष द्रोण गौतमले जानकारी दिएका छन् । पाण्डे सुरुमा नेपालबाट गएकी साथीसँग बसेकी थिइन् । तर पछि अपार्टमेन्ट लिएर एक्लै बस्न थालेकी हुन् । न्युयोर्क बाट सञ्चालनमा रहेको नेपाली डायस्पोरा बारे समाचार लेख्ने नेपयोर्क अनलाइनका अनुसार आमा अनिताले हत्यारा पत्ता लगाउन आग्रह गरेकी छिन् भने छोरीको न्यायका लागि सघाउन अमेरिकामा रहेका नेपालीहरूलाई अनुरोध समेत गरेकी छिन् । ४ दिनदेखि मोबाइल अफ रहेको र पहिले पनि बेलाबेलामा अफलाइन हुने गरेकाले कतै घुम्न गएको होला भन्ने ठानेको तर अहिले दुखद खबर सुन्नुपरेको आमा अनिताको भनाइ छ । हालसम्म घटनामा कोही पनि दोषी फेला परेका छैनन् । प्रहरले अनुसन्धान जारी रहेको जनाएको छ । पाण्डेको शव पोस्टमार्टमका लागि पठाइएको छ ।
अमेरीकाको टेक्ससमा गोलीहानेर नेपाली विद्यार्थीको मुनाको हत्या
चिनारी पोस्ट - एक हप्ता अगाडि
भाद्र १२,२०८१
सम्बन्धित समाचारहरु
१० महिनापछि औपचारिक रूपमा चल्न थाल्यो टिकटक
सरकारले १० महिनापछि औपचारिक रूपमा टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । सबै मोबाइल तथा इन्टरनेट सेवा ...
सरकारले १० महिनापछि औपचारिक रूपमा टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । सबै मोबाइल तथा इन्टरनेट सेवा ...
नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यम समितिको तीज कार्यक्रम सम्पन्न
नेपाली नारीहरुको महान चाड हरितालिका तिजको उपलक्ष्यमा समितीले तिजमा सिप भन्ने नाराका साथ नेपाल घरेलु ...
नेपाली नारीहरुको महान चाड हरितालिका तिजको उपलक्ष्यमा समितीले तिजमा सिप भन्ने नाराका साथ नेपाल घरेलु ...
राष्ट्रपतिबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी (टीआरसी) विधेयक प्रमाणीकरण ...
राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी (टीआरसी) विधेयक प्रमाणीकरण ...
अमेरिकामा नेपाली युवती माथि गोली चलाउने व्यक्तिको तस्बिर सार्वजनिक
नेपाली युवती मुना पाण्डेमाथि अमेरिकामा गोली चलाउने पुरुषको तस्बिर प्रहरीले सार्वजनिक गरेको छ । ...
नेपाली युवती मुना पाण्डेमाथि अमेरिकामा गोली चलाउने पुरुषको तस्बिर प्रहरीले सार्वजनिक गरेको छ । ...
हेर्ने कथालाई मिल्यो अर्को ठुलो सफलता, प्रकाशलाई नागरिकता दिलाउन प्रधानमन्त्रीले थाले पहल
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश तामाङलाई नागरिकता उपलब्ध गराउने पहल सुरु गरेका छन् । ...
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश तामाङलाई नागरिकता उपलब्ध गराउने पहल सुरु गरेका छन् । ...
विराटनगरमा आज राधाकृष्ण रथ यात्रा निकालिँदै
श्रीकृष्ण जन्माष्टमीको भोलीपल्ट निकालिने दक्षिण एसियाकै ठुलो भनिने राधाकृष्ण रथयात्रामा सहभागी हुनका लागि लाखौँको सङ्ख्यामा ...
श्रीकृष्ण जन्माष्टमीको भोलीपल्ट निकालिने दक्षिण एसियाकै ठुलो भनिने राधाकृष्ण रथयात्रामा सहभागी हुनका लागि लाखौँको सङ्ख्यामा ...
मर्स्याङ्दी बस दुर्घटना : यात्रु सबै ४३ जना भारतीय नागरिक, मृत्यु हुनेको संख्या २७ (नामसहित)
तनहुँको आँबुखैरनीमा फेरी अर्काृे काहाली लाग्दो घट्ना भएको छ । नारायणगढ–मुग्लिन सडकको सिमलतालममा बस खसेको ...
तनहुँको आँबुखैरनीमा फेरी अर्काृे काहाली लाग्दो घट्ना भएको छ । नारायणगढ–मुग्लिन सडकको सिमलतालममा बस खसेको ...
मुस्ताङकाे थसाङमा हिमपहिराे,अर्को सूचना नआएसम्म सतर्कता अपनाउन आग्रह
धौलागिरि हिमश्रृंखलाको मानापाथी हिमालमा हिमपहिरो गएको छ । शुक्रबार दिउँसो गएको हिमपहिरोले थासाङ गाउँपालिका २ ...
धौलागिरि हिमश्रृंखलाको मानापाथी हिमालमा हिमपहिरो गएको छ । शुक्रबार दिउँसो गएको हिमपहिरोले थासाङ गाउँपालिका २ ...
तनहुँ दुर्घटना अपडेट : उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर मेडिकल टिमसहित घटनास्थलमा प्रस्तान
तनहुँमा आज बिहान भएको बस दुर्घटनामा परेका घाइतेहरूको उद्धारका लागि नेपाली सेनाले मेडिकल टिमसहितका हेलिकप्टर ...
तनहुँमा आज बिहान भएको बस दुर्घटनामा परेका घाइतेहरूको उद्धारका लागि नेपाली सेनाले मेडिकल टिमसहितका हेलिकप्टर ...
तनहुँमा भएको दुर्घटनामा १४ जनाको शव निकालियो
तनहुँमा आज बिहान भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ । ...
तनहुँमा आज बिहान भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ । ...