भाद्र २३,२०८१ / ०९ : ०१ पूर्वान्ह / 2024-09-08 09:01 am
      • param ad
      • furniture
      • veera Incorporation

      मर्स्याङ्दी बस दुर्घटना : यात्रु सबै ४३ जना भारतीय नागरिक, मृत्यु हुनेको संख्या २७ (नामसहित)

      - २ हप्ता अगाडि
      भाद्र ७,२०८१

      काठमाडौं, तनहुँको आँबुखैरनीमा फेरी अर्काृे काहाली लाग्दो घट्ना भएको छ ।  नारायणगढ–मुग्लिन सडकको सिमलतालममा बस खसेको घट्ना सेलाउन नपाउँदै अर्को दुर्घटना भएको हो । 

      पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा बस खस्दा मृत्यु हुनेको संख्या २७ पुगेको छ । शुक्रबार आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खसेको थियो । मर्स्याङ्दी नदीमा बस दुर्घटनामा पर्ने सबैको नाम खुलेको छ । उनीहरु सबै भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ । चालक, सहचालक र ४१ यात्रु भारतीय नागरिक भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

      भारतीय नम्बर प्लेटको उक्त बस तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर–२ बाट मर्स्याङ्दी नदीमा खसेको थियो । भारतीय पर्यटक बोकेको उक्त बस पोखराबाट काठमाडौँ आउँदै थियो ।  दुर्घटनामा २७जनाको मृत्यु भएको छ । यात्रु सबैको नाम खुलेपनि मृतकको पहिचान भने हुन सकेको छैन । बस दुर्घटनामा गम्भीर घाइते बनेका १६ जनालाई उपचारका लागि काठमाडौं पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत दुई पटक गरेर १६ जनालाई उपचारका लागि काठमाडौं पठाइएको हो । केशरवानी परिवहन ट्राभल्सको यूपी ५३ एफटी ७६२३ नम्बरको बस भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो ।

      /pagegallery/202408235.jpg

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d