भाद्र २३,२०८१ / ०९ : १५ पूर्वान्ह / 2024-09-08 09:15 am
      • param ad
      • furniture
      • veera Incorporation

      मुस्ताङकाे थसाङमा हिमपहिराे,अर्को सूचना नआएसम्म सतर्कता अपनाउन आग्रह

      - २ हप्ता अगाडि
      भाद्र ७,२०८१

      काठमाडौं, धौलागिरि हिमश्रृंखलाको मानापाथी हिमालमा हिमपहिरो गएको छ । शुक्रबार दिउँसो गएको हिमपहिरोले थासाङ गाउँपालिका २ मा बोक्सीखोला थुनिएको छ । मानापाथी हिमालमा गएको हिमपहिरो मूलखर्क हुँदै छिप्लुङसम्म आइपुगेको गाउँपालिकाका प्रवक्ता गौतम शेरचनका ले बताएका छन् । शुक्रबार दिउँसो साढे १ बजेतिर हिमपहिरो गएको हो । 

      हिउँसहितको गेग्रान डेब्रिज ले स्थानीय बोक्सी खोला भरिँदा एभालान्स ल्याण्डस्लाइड ड्याम बाँध ले बहाव नै रोकिएको छ । खोला थुनिँदा घट्टेखोला किनार कोबाङका स्थानीय बासिन्दाले थाततलो छाडेका छन्‌ । घट्टेखोलाको पानी बोक्सीखोला हुँदै कालीगण्डकी नदीमा मिसिन्छ । ‘दिउँसो साढे १ बजेतिर धौलागिरि हिमालको काखबाट हिमपहिरो झरेको हो, शुरूमा घट्टे खोलाले हिउँका टुक्रा नै बगाएर ल्याएको थियो, तर पछि खोला थुनिएर पानी बग्न ठप्पै भएको स्थानियले बताएका छन् । 

      अहिलेसम्म कुनै क्षतिको जानकारी प्राप्त नभएको, तर हिमपहिरोले थुनेको खोला कतिबेला फुट्ने हो भन्ने डरले आफूहरू विस्थापित भएको स्थानिय बताउँछन्  । हिमपहिरो गाईबस्तु चराउने ठाउँ छिप्लुङसम्म आइपुगेकाले पशुधनमा केही क्षति पुगेको हुनसक्ने गाउँपालिकाका जनप्रतिनिधिहरूले बताएका छन्‌ । हिमपहिरोले घट्टेखोलामा बनाएको ताल एकैपटक फुटे कोबाङ बेलिब्रिज नजिक तटीय क्षेत्रमा रहेका करिब एक दर्जन घर पूर्ण रूपमा क्षतिग्रस्त हुने जोखिम छ ।

       घटनाबारे बुझ्न र सम्भावित जोखिमबाट स्थानीयबासीलाई तथा तटीय क्षेत्रका बासिन्दालाई जोगाउन सशस्त्र प्रहरी बलको टोली त्यसतर्फ खटाइएको छ । स्थानीयबासीले घट्टेखोलाबाट करिब पाँच किलोमिटर माथि ताल थुनिएको बताएपनि प्रजिअ पन्तले भने बोक्सेखोलाभन्दा करिब एक किलोमिटरमाथि हिमपहिरो गएको जानकारी प्राप्त भएको बताएका छन्‌ ।

       हिमपहिरोले खोला थुनिएसँगै कालीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दालाई सतकर्ता अपनाउन प्रशासन कार्यालयले आग्रह गरेको छ । यस्तै हिमपहिरोका कारण जोखिममा रहेका केही घरपरिवारलाई प्रशासनले सुरक्षित ठाउँमा सारेको छ । खोलाको छेउछाउ गाईवस्तु चराउन र घाँस काट्न गएका किसान पनि सुरक्षित ठाउँतर्फ गएका छन् । हिमपहिरो बस्तीमाथि आएर अड्किएको र तीन वटै सुरक्षा निकायलाई सतर्क रहन भनिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस्तै जल तथा मौसम विभागले पनि अर्को सूचना नआएसम्म सतर्कता अपनाउन आग्रह गरेको छ

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d