काठमाडौं, कोशी प्रदेश सरकारले शुक्रबार प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बिहीबारको बैठकले ३०औं विश्व आदिवासी दिवसका अवसरमा प्रदेशभर बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले जानकारी दिए ।
यस्तै कर्णाली प्रदेशमा प्रदेश सरकारले नागपञ्चमीको अवसरमा सार्वजनिक बिदा दिएको हो ।