काठमाडौं, सरकारले यही साउन २० गते आइतबार काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ।
आइतबार रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले आइतबार उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति निकालेर साउन २० गते तीन जिल्लामा सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन्।