चैत ६,२०८१ / ०१ : ५९ पूर्वान्ह / 2025-03-20 01:59 am
      • param ad
      • furniture
      • veera Incorporation

      अन्नपूर्ण मिडिया नेटवर्कको महाप्रबन्धकमा बस्नेत नियुक्त

      - ८ महिना अगाडि
      श्रावण २,२०८१

      काठमाडौं, अन्नपूर्ण मिडिया नेटवर्कको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । 

      अन्नपूर्ण पोस्टमा बुधबार आयोजित एक समारोहका बिच बस्नेतलाई महाप्रबन्धक पदमा नियुक्त गरीएको हो ।

      नियुक्तपछि बस्नेतलाई अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, ग्रुप सीईओ सनत न्यौपाने  र प्रधान सम्पादक अखण्ड भण्डारीले स्वागत गरेका थिए ।

      अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिक, अन्नपूर्ण एक्सप्रेस, अन्नपूर्णपोस्ट् डटकम, एपी वान टेलिभिजन र रेडियो अन्नपूर्ण रहेका छन् ।

      १७ वर्षअघि जिल्ला संवाददाता भएर रिर्पोटिङबाट मिडिया उद्योगमा प्रवेश गरेका बस्नेतसँग कान्तिपुर मिडिया ग्रुप, अन्नपूर्णमा रिपोटिङ, प्रेस, रिजनल, मार्केटिङ, सेल्स र कर्पोरेटमा विभागीय प्रमुख भई काम गरेको अनुभव छ । बस्नेतसँग न्यूज रिपोटिङ,सेल्स, डिस्टीब्यूर्सन, मार्केटिङ, कर्पोरेट रणनीति, कार्यसम्पादन व्यवस्थापन, ब्रान्ड व्यवस्थापन लगायतमा दख्खल छ । 

      युथ युनेस्को क्लब यूएसए, पाइपा ग्लोबल फिलिपिन्सको इन्टरनेसन मिडिया को -अर्डिनेटर रहेका बस्नेत अमेरिकन मार्केटिङ एसोसियसनको प्रोफेसनल सदस्य हुन् । उनी इन्टरनेसनल न्यूज मिडिया एसोसिएसन ९आईएनएमए० सँग पनि आवद्ध छन् ।

      यसैगरी बस्नेतसँग हिमालय इसेन्स प्रालिमा सेल्स कन्सल्टेन्ट भई काम गरेको अनुभव समेत छ । बस्नेतले भारत र अमेरिकाका केही ठूला मिडिया हाउसको स्थलगत अवलोकन गरेका छन्। उनले युनेस्को युथ पिस एम्बेसडर अवार्ड र कोरोना योद्धा सेवा अवार्ड प्राप्त गरेका छन् । 

      राष्ट्रिय खानेपानी पत्रकारिता पुरस्कार,कान्तिपुर मिडिया ग्रुपबाट चियरम्यान एक्सिलेन्स अवार्ड,अन्नपूर्णबाट बेस्ट इम्प्लोइ अफ द एयरबाट समेत बस्नेत सम्मानित भएका थिए। पद बहाली गर्दै बस्नेतले समय सापेक्ष परिर्वतनलाई आत्मासाथ गर्दै मिडिया उद्योगलाई अगाडि लैजाने प्रयास गर्ने बताए ।

      कार्यक्रममा अन्नपूर्ण एक्सप्रेसका सम्पादक कमल देव भट्टराई, रेडियो अन्नपूर्णका समाचार प्रमुख भूपाल लुइँटेल,लेखा प्रमुख सुनिल पौडेल,मानव संशाधन प्रमुख इन्दु श्रेष्ठलगायत विभागीय प्रमुखहरू उपस्थित थिए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d