बिराटनगर, महिला पत्रकारहरुको क्षमतावृद्धि गर्ने उद्धेश्यले बिराटनगरमा एकदिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ । सञ्चारिका समुह, कोशी प्रदेशको आयोजनामा उक्त एकदिने तालिम सम्पन्न भएको हो ।
महिला पत्रकारहरुलाई पत्रकारीता पेशामा टिकाई राख्न सरकारले विशेष पहल गर्नुपर्ने बताएका छन् ।
आन्तरीक मामिला मन्त्रालयको सहयोगमा संचारीका समूह कोशी प्रदेशले आयोजना गरेको पत्रकार महिलाहरुको क्षमता विकास अभिमुखिकरण तालिमको उदघाटन गर्दै कोशी प्रदेशका आन्तरीका मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले संचार ऐन छिट्टै ल्याई पत्रकारहरुको हक, हित र सुचनाको अधिकार स्थापीत गर्न कोशी प्रदेश सरकार लाग्ने बताए ।
त्यस्तैगरि पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष हिमा चेम्जोङ, महासचिव विवेक गौतम लगायतका पत्रकारले सामाजिक, सांस्कृतिक परिवेशका कारण क्षमतावान महिलाहरु पनि विभिन्न कारणले पेशाबाट पलायन भैरहेको बताए ।
उनिहरुले यहि अवस्थामा सरकारले यही पेशामा टिकाई राख्न निरन्तरता दिनुपर्ने उनीहरुको भनाई छ । उनले पत्रकारकारितालाई नीति निर्माण तहसम्म कसरी पुर्याउने गरी काम गर्नु पर्नो जोड दिएका थिए ।
सञ्चारिका समुह कोशी प्रदेशकी अध्यक्ष इन्दिरा भट्टराईको अध्यक्षतामा सम्पन्न भएको उक्त तालिममा सञ्चारिका समुहकी केन्द्रीय अध्यक्ष बिमला तुम्खेवाले प्रविधिको उच्चतम प्रयोगबाट गरिने पत्रकारिताले पत्रकार महिलालाई गुणात्मक, सचेत र व्यवसायिक रूपमा अगाडि बढाउन सघाउने बताइन् । उक्त तालिममा प्रदेशमा कार्यरत महिला पत्रकारको समग्र अवस्थाको बारेमा बिभिन्न कार्यपत्र प्रस्तुत गरिएको थियो ।
महिला पत्रकारहरुलाई तालिमको माध्यमबाट क्षमता अभिवृद्धि गराई समाचार लेखनमा दक्ष बनाउने अभिप्रायले तालिमको आयोजना गरिएको हो ।