भाद्र २३,२०८१ / ०८ : ३७ पूर्वान्ह / 2024-09-08 08:37 am
      • param ad
      • furniture
      • veera Incorporation

      पुर्वाञ्चल बाल सेवा आश्रमले मनायो ३८औँ बार्षिक उत्सव (भिडियोसहित)

      - ३ महिना अगाडि
      जेष्ठ २०,२०८१

      बिराटनगर, बिराटनगर १३ स्थित पुर्वाञ्चल बाल सेवा आश्रमले आफ्नो ३८औँ बार्षिक उत्सब मनाएको छ । आश्रमले ३८औँ बार्षिक उत्सवको उपलक्ष्यमा विगत लामो समयदेखि शैक्षीक क्षेत्रमा योगदान पु¥याउँदै आउनुभएका अर्थशास्त्रि तथा नेपाल विजनेश कलेज विराटनगरका व्यवस्थापक भेष प्रसाद धमला र अरनिको कलेजका प्रिन्सीपल राजेश कार्कीलाई सम्मान गरेको छ । 

      सम्मानित हुने दुवै जनालाई समरोहका प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्रि लिलाबल्लभ अधिकारी र आश्रमकी अध्यक्ष सीता पोखे्रलले  दोसला ओढाएर प्रमाणपत्र प्रदान गरेका थिए । सम्मान पछि आन्तरिक मामिला तथा कानुन मन्त्रि लिलाबल्लभ अधिकारीले आगामि दिनमा आश्रमलाई आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्ने प्रतिबद्धता गरे ।

      पुर्वाञ्चल बालसेवा आश्रामका संञ्चालक श्रीमती सीता पोख्रेल र श्रीमान बाल मुकुन्द पोख्रेलको बैबाहिक सहयात्राको बैसठ्ठीआँै बर्ष पूरा भएको उपलक्षमा शनिवार एकसाथ दुबै कार्यक्रम सम्पन्न गरीएको थियो ।

      समारोहमा सेवा नै परम धर्म हो भन्ने उखानलाई साक्षतकार गर्दै ४० बर्षदेखि अनवरत बालबालिकाको संरक्षण र सेवामा काम गर्दै आउनुभएकी पुर्वाञ्चल बाल सेवा आश्रम बिराटनगरकी अध्यक्ष सीता पोखरेलले बिभिन्न संस्था, चन्दा दाता तथा मनकारी मनहरुको साथ र सहयोगको कारण आश्रमले ३८औँ बर्ष पुरा गर्न सफल भएको भन्दै सबैको अगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दै सबैलाई धन्यबाद ब्यक्त गरेकी थिइन् ।

      उक्त बार्षिकोत्सव समारोहमा विभिन्न क्षेत्रमा आबद्ध बिशिष्ठ ब्याक्तित्वहरुको सहभागिता रहेको थियो । विक्रम संवत २०४४ साल जेष्ठ १९ गतेदेखि समाजका प्रत्येक घरका मनकारी मनहरुबाट दिनको १ मुठ्ठी चामल र महिनाको २ रुपैया पैसा दान संकलन  अभियान सुरु गरेर बालबालिकाको संरक्षण गर्दै आएको पुर्वाञ्चल बाल सेवा आश्रमा हालसम्म आइसक्दा ३०० भन्दा बढि बालबालिकाले आमाको मातृबात्सल्यता र संरक्षण पाइरहेका छन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d