भाद्र २३,२०८१ / ०८ : ४१ पूर्वान्ह / 2024-09-08 08:41 am
      • param ad
      • furniture
      • veera Incorporation

      विराटनगर ४ नम्बर वडाले विकासको गतीमा ठूलै फडको मार्दै (भिडियोसहित)

      - एक हप्ता अगाडि
      जेष्ठ १७,२०८१

      औधोगिक तथा राजनीतिक क्षेत्रमा  छुट्टै पहिचान बनाउदै  निरन्तर विकासको समृद्धितर्फ अघि बढेको छ विराटनगर महानगरपालिका ।                                                                   

       कुनै समय २२ वडामा विभाजित   यो महानगरपालिकालाई  वि स २०७२ सालको  राजनीतिक विभाजन पछि १९  वडामा कायम गरिएको हो ।  विविधतामा एकताले भरिएको विराटनगर अहिले सवैको प्रमुख रोजाईमा परेको छ भने विरटनगर मेडिकल, शैक्षिक तथा आर्थिकहवको रुपमा विकसित हुँदै गएकाले बसोबासको हिसावले समेत आर्कषक स्थल बनेको छ ।

      विराटनगर महानगरपालिका अन्र्तगत रहेको विराटनगरको मुख्य  बजार क्षेत्रसँग जोडिएको  वडा न ४ सवैभन्दा अब्बल र मनमोहक वडा हो । अन्य बडाको तुलनामा विराटनगर ४ न. बडा जनसड्ख्या र भौगोलिक दृष्टिकोणले पनि ठुलो रहेको छ । यो वडा पूर्वमा विराटनगरको कञ्चनबारी धरान रोड देखि  दक्षिणमा बरगाछी र पश्चिममा केशलिया खोला देखि उत्तरमा विराटनगर ढाटसम्म ९.८३ किलो मिटर क्षेत्रफलमा फैलिएको छ । विभिन्न जात, जातिको बसोबास रहेको यस वडाले पछिल्लो समयमा विकासको गतीमा ठूलै  फडको मार्दै आएको छ ।

      शिक्षा , स्वास्थ्य , सडक खानेपानी र पूर्वाधार विकास, कृषि, सामाजिक विकास, खेलकुद लगायतका आवश्यक कार्यमा वडा नम्बर ४ अन्य वडा भन्दा अग्रणी देखिन्छ  । यस्तै यस वडाले न्याय सम्पादन तथा सुशासनका विषयलाई पनि प्राथमिकताका साथ अघि बढाएको छ । महिला सशक्तिकरण र आत्मनिर्भर बनाउन सीपमूलक कार्यक्रमहरु समेत वडाले प्राथमिकताका साथ सञ्चालन गर्दै आएको छ । विभिन्न तालिमहरुमार्फत स्वरोजगार बनाउने र कृषकहरुलाई प्रोत्साहन गर्न अनुदान उपलब्ध गराउँदै आएको छ ।

      वि स २०७९ साल बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन पछि चुनिएका नयाँ जनप्रतिनिधिले जेठ १२ गते वडाको कार्यभार सम्हालेपछि वडाको विकासमा थप आयाम थपिदै गएको हो । कार्यभार सम्हालेको २ बर्षमा नै वडा अध्यक्ष जीतन थापाको नेतृत्वको समूहले  वडाको पहिलो आवश्यकता सडक पूर्वाधार , शिक्षा , स्वास्थ्य र सरसफाईलाई मध्यनजर गर्दै काम गरेपछि वडाको मुहारनै फेरीएको आभाष गर्न सकिन्छ । जसका कारण स्थानियहरु पनि वडाको जनप्रतिनीधिहरुबाट खुसी भएका छन् ।

      कुनै बेला ग्रामिण बस्ती जस्तै देखिने यो वडा अहिले पुरै शहरी क्षेत्रमा परिणत भएको छ । बर्षायाम सुरु हुनु पूर्वनै वडाका जनप्रतिनिधिहरुको अगुवाईमा सडकको हरेका हप्ता वृक्षरोपण गर्दै नाला , ढलको  नियमित सरसफाई गर्दै आएको छ । सरसफाईको हिसावमा अहिले यो वडा अन्य वडाको तुलनामा  सवैभन्दा सुन्दर , सफा  र स्वच्छ देखिएको छ । जनतालाई घरदैलौमै सेवा पुर्याउने अठोट गरेको यो वडाले सवै क्षेत्रको पहँच पुग्ने गरि वडा समिति कार्यालयकै जग्गा भित्र नयाँ संरचना निर्माण गरिरहेको छ । चाँडै निर्माण कार्य पुरा गरि संचालनमा आफ्नै भवनबाट सेवा संचालन हुने भएको छ । त्यसैगरी ४ नम्बर वडावासीलाई स्वस्थ्य परिक्षणका निम्ति सेवा दिन पुरानो सामुदायिक भवनलाई मर्मत गरी स्वस्थ्य चौकि संञ्चालनमा ल्याउदैछ ।

       यस्तै वडा भित्र सडक सञ्जाललाई वृह्त बनाउदै वडाबासीको आवागमनलाई सहज बनाउदै लाने उदेश्यले पुर्वाधार निर्माणतर्फ आगामी ५ बर्ष भित्रमा वडा भित्रका सवै सडकको स्तरन्नती गर्ने प्रतिवद्धता वडाले गरेको छ । इक्राई खोलामा बन्ने इक्राई इस घाटको निमार्ण गरेको छ । जुन घाटको निर्माणले ४ र ५ वडाका जनताहरु परोपकार घाट पुग्नुपर्ने बाध्यताबाट मुक्त हुने वडा अध्यक्षको बुझाई छ । इक्राई खोला सुनसरी जिल्लाको पनि बोडर सिमा भएकाले मोरङ्ग मात्र नभएर सुनसरी जिल्लाका जनतालाई पनि राहत हुने देखिएको छ । 

      लामो समय देखि खाली रहेको सो जमिनमा घाट  बन्ने भए पछि सो क्षेत्रका स्थानीयबासी उत्साहित हुँदै बृक्षारोपण समेत गरी संरक्षण गर्दै आएका छन् । यस्तै खार्जी कोब्राबासीाई आवत जावतमा सहज बनाउन सडकको निर्माणको काम पनि सुरुवात गरीसकेको छ । यसरी ५ बर्षको अबद्यीमा आफूले गर्ने महत्वपूर्ण कार्य सार्वजनिक गरेर वडाको कार्यभार सम्हाल्नु भएका अध्यक्ष थापाले छोटो अवद्यीमै प्रत्यक्ष स्थानियवासिले उपभोग गर्ने धेरै वटा विकासका योजना अगाडी बढाएर काम गरीसकेका छन् । भने स्थानियलाई सहजिकरण गर्ने उदेश्यले सबै क्षेत्रमा साना तिना कामलाई पनि प्राथमिकतामा राखेर अगाडी बढाउदै लगेका छन् ।

      यस वडाको ग्रामिण क्षेत्रका  धेरै सडक अझै  पनि जिर्ण  छन् । ग्राभेल सडकलाई कालोपत्रे गर्ने, कच्ची सडकलाई ग्राभेल गर्ने कार्यलाई वडाले पहिलो प्राथमिकतामा पारेर कार्य प्रारम्भ गरिसकेको छ । वडाको पहलमा कंचनबारीचोक दक्षिणका ४ वटा सडक कालोपत्रेर बाँकी २ किलो मिटर मर्मत गरेको छ । यस्तै ढाट उत्तर पश्चिममा ७३ लाखको ग्रावेल र रिंगवाल सम्पन्न भईसकेको छ । यस्तै १ करोड लागतमा इक्राई कंचनकिशलिया सडक निर्माण भएको छ । नहरपथ एयरपोर्ट सम्म नाला र कालो पत्रे हुदैछ । धरान रोड हाइवे, कंचनबारी चोक उत्तरमा २ वटा कालो पत्रे र ४ वटा ढलान लगायतका काम भएको छ ।

      यसरी बडाको विकासमा विभिन्न निकायबाट पहिलो कार्यकालमा १२ करोड २५ लाख  रुपैया भित्रिएको छ भने दोश्रो कार्यकालमा वडाको लागी महानगरबाट २ करोड, प्रदेश सरकारले ४ करोड गरि जम्मा ६ करोड रुपैया उपलब्ध भएको  छ । उक्त रकम वडाको विकास निर्माणमा लगाईएको छ ।

      सबै क्षेत्रमा समयसापेक्ष स्रोत साधनको व्यवस्थापन गर्ने काममा यस वडाका जनप्रतिनिधि लागि परेका छन् । वडाको कामलाई सवल, सक्षम, समृद्ध र नमूना वडा बनाउने जमर्कोमा वडाका जनप्रतिनिधिहरु क्रियाशिल रहेको वडाका सचिव घमfन बहादुर बानियाँ बताउछन् ।

      वडा भित्र संचालनमा रहेका सरकारी विद्यालयहरुलाई थप गुणस्तरीय बनाउदै पठनपाठनको क्षमता अभिवृद्धी गर्न र भौतिक पुर्वधार विकासका लागि वडाले विभिन्न योजनाहरु ल्याएको छ । कोही पनि बालबालिका पढनबाट बन्चित हुन नपरोस भन्ने उदेश्य राखी विद्यालय जानबाट बन्चित बालबालीकालाई प्रोत्साहीत गर्ने उदेश्यले विद्यालयलाई बजेट छुट्याएको छ । यस्तै शुद्ध खानेपानी पियुनबाट बञ्चित भैरहेका विराटनगरबासीलाई चाँडै प्रत्येक घरमा खानेपनि पुर्याउने वडाको लक्ष्य छ । जापानको जायीका कम्पनीको लगानीमा निर्माण सुरु हुन लागेको यो परियोजना अन्र्तगत  नयाँ पाईपको  विस्तार गरि पानीको आपूर्ती गर्ने छ । जाईकाले सुरु गर्न लागेको यो परियोजना सम्पन्न भएपछि विराटनगरमा पानीको अभाव हटने दावी गरिएको छ ।

      यस वडाले प्राथमिक उपचार नपाएर अकालमा कसैको पनि  ज्यान नजाओस भन्ने सोच  राखी वडाले विन्नि स्वास्थ्य शिविरहरु पनि संञ्चालन गर्दै आएको छ । यसै बर्षबाट आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट स्वास्थ्य सम्बन्धी आधारभूत सेवा प्रवाह गर्दै आएको छ । स्वास्थ्य केन्द्रबाट सामान्य उपचार, औषधि वितरण, गर्भवती तथा बच्चाको जाँच, साधारण प्रसूति, नवजात शिशु सेवा, मानसिक स्वास्थ्य, नसर्ने रोगहरुको परामर्श लगायत सेवा निशुल्क उपलब्ध गराउँदै आएको छ ।

      यस अघि वडाका जनप्रतिनीधीहरुले सुरु गरेर सम्पन्न नभएका योजनहरुमा पनि अहिलेका जनप्रतिनीधिहरुले इट्टा थप्ने काम गर्दै आएका छन् जसबाट यस वडाको हरेक काम चुस्त र दुरुस्त भएको सहजै बुभ्न सकिन्छ ।

      स्थानिय सरकार प्रदेश सरकार तथा विभिन्न संघसंस्थाबाट बजेट भित्रयाई वडाको पूर्वाधार विकास गर्न जनप्रतिनिधिहरु  निरन्तर लागि परेका छन । भने  अनुदान र सहयोग गर्ने दाताहरुसँग समन्व्य र छmलफल कार्य निरन्तर जारी राखी उनीहरुसँग लवीङ्ग गर्ने कार्यलाई निरन्तरता दिएका छन् । त्यसैले यस बर्ष बजेटको आकार बढेमा जनताले अपेक्षा गरे अनुसार पाँच बर्षको अवद्यीमा बिकासले गति प्राप्त गर्ने अध्यक्ष थापाले बताएका छन् ।

      लामो सयम कछुवाको गतीमा बिकास भैरहेको यो वडाले जनप्रतिनिधि प्राप्त गरेपछि   विकासमा काचूँली फेरेको छ । जनताका सेवक जनप्रतिनिधिनै रहेछन् भन्ने प्रमाणित बिकास निर्माण कार्यले  स्थानीयबासीलाई पुष्टी गरिदिएको छ  ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d