कार्तिक २९,२०८१ / ०७ : ४२ पूर्वान्ह / 2024-11-14 07:42 am
      • param ad
      • furniture
      • veera Incorporation

      महिला उद्यमी संघ नेपाल मोरङ च्याप्टरको आयोजनामा एक दिने मेला सम्पन्न (भिडियोसहित)

      - एक हप्ता अगाडि
      वैशाख २०,२०८१

      विराटनगर, महिला उद्यमी संघ नेपाल मोरङ च्याप्टरको आयोजनामा महिला उद्यमशिलतालाई प्रोत्साहन र जगेर्ना गर्ने उदेश्यले विराटनगरमा एक दिने मेला सम्पन्न भएकोे छ । 

      कोशी प्रदेशका महिला उद्यमीहरूको सिर्जना, उपलब्धि र संस्कृति झल्काउने खालका सामाग्रीहरु प्रदर्शन गर्ने उदेश्यले बुधबार दोश्रो पटक मेलाको आयोजना गरेको हो । एक दिने मेलाको उद्घाटन गर्दै महिला उद्यमी महासंघ नेपाल (एफविन) को अध्यक्ष तथा नेपाल रिपब्लिक मिडियाका सञ्चालक समेत रहेकी शाोभा ज्ञवालीले महिलाहरूलाई उद्यमी बन्न यस्तो खालको मेलाले ठूलो भूमिका खेल्ने बताइन् । उद्यमशीलताका लागि महिलाहरूलाई अघि बढाउने उद्देश्यका साथ महिला उद्यमी महासंघले निरन्तर काम गर्दै देशभरका ६७ जिल्लामा शाखा स्थापना गरेर जिल्ला–जिल्लाका महिलाहरूलाई उद्यमी बन्न सघाइरहेको उनले प्रस्ट पारिन् ।

      मेलाको उदघाटन सत्रमा महिला उद्यमी संघ नेपाल मोरङ च्याप्टरले विभिन्न क्षेत्रका ६ जना सफल महिलाहरुलाई प्रोत्साहन स्वरुप सम्मान गरेको थियो । सम्मानीत हुनेमा राधा बन लेडी ग्रुपकी संचालक राधा श्रेष्ठ, बराह हर्बल उद्योगकि सञ्चालिका अमृता भण्डारी, फरीडा सेक, किरण व्यास, रेनुका श्रेष्ठ र रितीमा श्रेष्ठ रहेका छन् । 

      यस्तै मेलाको उदघाटन सत्रमा ‘ओमन इन बिजनेस’ अन्तरसंवाद कार्यक्रम समेत गरीएको थियो । अन्तरसंवादमा वक्ताहरु प्राज्ञ गंगा सुवेदी, होटल तथा पर्यटन व्यवसायी भविश श्रेष्ठ, युवा उद्यमी युनिश श्रेष्ठ र महिला उद्यमी सुनिता छाराहाङलाई अन्तरसंवादका मध्यस्थकर्ता चाँद इराकिले सहजीकरण गरेका थिए ।

      अघिल्लो बर्ष गरीएको मेलाले उद्यमशिलतालाई कसरी अगाडी बढाउन सकिन्छ र आफुले उत्पादन गरेको सामानलाई सबै माझ कसरी चिनाउन सकिन्छ भनेर बुझ्न सहयोग गरेको भन्दै दोश्रो पटक उक्त मेलाको आयोजना गरीएको महिला उद्यमी संघ नेपाल मोरङ च्याप्टरकी अध्यक्ष कृति श्रेष्ठले बताइन् ।

      प्रदशनिमा राखिएको सामान अवलोकन गर्दै विज्ञ गंगा सुवेदीले महिला उद्यमी दिदी बहिनीहरुले यसरी आफुले सृजना गरेका सामाग्रीलाई पहिचान गराउदै व्यपक रुपमा अगाडी बढ्ने हो भने चाँडै देशको विकास हुने बताइन् । उनले व्यापार गर्दा आफूलाई कस्ता सामाग्री मन पर्छ भन्ने ध्यानमा राखेर त्यस्तै खालका सामाग्रीहरू उत्पादन गरे अरूलाई पनि मन पर्ने र व्यापारबाट राम्रो प्रतिफल प्राप्त हुने सुवेदीले धारणा राखेकी थिइन्  ।

      यस्तै मेलाको अवलोकन गर्दै होटल तथा पर्यटन व्यवसायी भविश श्रेष्ठले बस्तु उत्पादन गरेर मात्रै नहुने बजारमा पु¥याउन र ब्रान्ड स्थापना गर्न आवश्यक रहेको धारणा राखे ।

      यस्तै मेलाको मुख्य आकर्षण रहेको महिला उद्यमीहरूले उत्पादन गरेका सामाग्रीको प्रदर्शनीमा १६ स्टलहरु राखिएको थियो । प्रदर्शनीमा महिलाहरूले उत्पादन गरेका विभिन्न खाद्यान्नका परिकारहरू, कृषि उत्पादनहरू, हातले बनाएका सामाग्रीहरू, गार्मेन्ट, आर्ट लगायतका बस्तुहरू राखिएको थियो जसको अवलोकन ५०० बढिले गरेका थिए ।  

      प्रदशनिमा राखिएको सामाग्री हेर्न आउनेहरुले महिला उद्यमीहरूले उत्पादन गरेका सामाग्री मन परेको भन्दै सबैले खरिद गरेपछि महिला उद्यमीहरु मख्ख थिए । पटक पटक यसरी महिला उद्यमी संघ नेपाल मोरङ च्याप्टरले मेलाको आयोजना गरेर आँफुहरुलाई प्रोत्साहन गरेको भन्दै यसरी खुसी व्यक्त गरे ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d