विराटनगर, महिला उद्यमी संघ नेपाल मोरङ च्याप्टरले उद्यमशिलतालाई अगाडी बढाउने उदेश्यले आगामि बैशाख १९ गते मेलाको आयोजना गर्ने भएको छ ।
कोशी प्रदेशका महिला उद्यमीहरूको सिर्जना, उपलब्धि र संस्कृति झल्काउने खालका कुराहरु प्रदर्शन गर्ने उदेश्यले बुधबार दोश्रो पटक मेलाको आयोजना गर्न लागेको महिला उद्यमी संघ नेपाल मोरङ च्याप्टरकी अध्यक्ष कृति श्रेष्ठले बताइन् । मेलाको उद्घाटन महिला उद्यमी महासंघ नेपाल (एफविन) को अध्यक्ष शोभा ज्ञवालीबाट हुनेछ । ज्ञवाली नेपाल रिपब्लिक मिडियाका सञ्चालक समेत हुन् ।
अघिल्लो बर्ष गरीएको मेलाले उद्यमीहरुलाई व्यवसायिक कसरी बन्न सकिन्छ र आफुले उत्पादन गरेको सामानलाई सबै माझ कसरी चिनाउन सकिन्छ भन्ने कुरा राम्रैसंग सिक्न र बुझ्न सहयोग गरेको भन्दै दोश्रो पटक विराटनगरको होटल स्टन स्टारमा उक्त मेलाको आयोजना गर्न लागिएको अध्यक्ष श्रेष्ठले बताइन् ।
यो पटकको मेलामा पहिलेको भन्दा धेरै कुरालाई समेटीएको छ । भने धेरै महिला उद्यमीहरुको सहभागिता रहने छ । उक्त बैशाख १९ गते आयोजना गरीने मेलाको उदेश्य, महत्व र आवश्यकता लगायतका बिषयमा महिला उद्यमी संघ नेपाल मोरङ च्याप्टरकी अध्यक्ष कृति श्रेष्ठसंग चिनारी मिडियाले गरेको विस्तृत कुराकानीलाई यहाँ प्रस्तुत गर्दर्छौ ।