फागुन २२,२०८० / ०७ : ४९ अपरान्ह / 2024-03-05 07:49 pm
      • param ad
      • furniture
      • veera Incorporation

      अटिजम केयर सोसाइटी बिराटनगरको छैटौँ बार्षिक उत्सव सम्पन्न

      - १ महिना अगाडि
      माघ १८,२०८०

      विराटनगर, अटिजम केयर सोसाइटी बिराटनगरको छैटौँ बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । 

      पाँच बर्ष पूरा गरि छैटौं बर्षमा प्रवेश गरेको अवसर पारी संस्थामा आवद्ध सम्पूर्ण अभिभावकहरुको उपस्थितिमा अन्तरक्रिया सहित हर्सोलासपुर्बक कार्यक्रम सप्पन्न गरेको हो ।

      अटिजम केयर सोसाइटी बिराटनगरका अध्यक्ष निधिरत्न बास्तोलाको सभापतित्वमा प्रमुख अतिथी बालबिषेशज्ञ  डा.सुमित घिमिरे,अतिथी मेनुका गिरि यस्तै संस्थाका सल्लाहकारहरु तथा संस्था संग संम्बन्धित अभिभावक ,विद्यार्थी ,शुभेच्छुकहरु गरी पचास भन्दा बढी सहभागीहरुको  उपस्थिती रहेको थियो ।

      कार्यक्रमका सभापति संस्थाका अध्यक्ष निधिरत्न बास्तोलाले संस्थामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आवद्ध भएर यँहासम्म आइपुग्न हातेमालो गरीदिने सम्पुर्णलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताए । जसले संस्थालाई मजबुत बनााउँदै धेरै भन्दा धेरै अटिजम भएका बालबबालिकालाई सेवा दिन हौसला मिल्ने उनको भनाई व्यक्त गरे ।

      /pagegallery/2024020156.jpg

      २०७५ साल देखि अटिजम केयर सोसाइटीले अटिजमका समस्या भएका बालबालिकालाई थेरापी मार्फत उपचार सेवा र केयर गर्ने मात्र होइन, बेला बेलामा अभिभावकलाई संगठन बनाएर जनचेतना जगाउँदै आएको छ । अटिजम भएका बालबालिकाहरु तथा अभिभावक शिक्षा दिदै निरन्तर सेवा प्रदान गरि बालबालिकाहरुलाई साधारण बिधालयतर्फ लान सक्ने बाताबरण निर्माण गर्ने  संस्थाको मुख्य लक्ष्य रहेको छ । हालसम्म संस्थाबाट २५० जना अटिजम भएका बालबालिकाले सेवा लिइसकेकम छन् भने २० जना भन्दा बढि सामान्य अवस्थामा आई अन्य बिद्यालयमा गइसकेका छन् ।

      /pagegallery/2024020130.jpg

        सम्बन्धित समाचारहरु