फागुन २२,२०८० / ०६ : ५० अपरान्ह / 2024-03-05 06:50 pm
      • param ad
      • furniture
      • veera Incorporation

      काका रामशरणलाई सहयोग गर्दा गर्दै राजनितिमा होमिएका युवा नेता रमेशको जिवन र भोगाइ

      - १ महिना अगाडि
      माघ १३,२०८०

      रमेश कुमार महत नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति तथा बागमति प्रदेश सभाका सदस्य हुन्  । ४९ सालदेखि नुुवाकोट आदर्श बहुमुखि क्याम्पस बाट नेपाल विद्यार्थी संघको इकाइ सदस्य भएर राजनितीमा प्रवेश गरेका उनी  जिल्लाको राजनीतिमा मुख्यपात्रका रुपमा स्थापित छन् । नेपाली कांग्रेसका युवा नेताको रुपमा आँफुलाई जनअनुमोदन गराएपछि उनी अहिले बागमती  प्रदेशको प्रदेश सभामा जनताका समस्यालाई लिएर सरकारको बढी ध्यानाकर्षण गराउने मध्येमा पर्छन् । 

      माओवादी द्घन्दको बेला आफ्ना निर्दोश बाबु आमालाई चन्दा नदिएको भन्दै यातना दिएपछि उनले अस्थायी रुपमा राजधानी काठमाडौंलाई आफ्नो कार्यक्षेत्र बनाएपनि नुवाकोटका जनताका लागि जहिले उनले प्राथमिकतामा राखेर काम गरे । पत्रकारिताको माध्यमबाट समाज परिवर्तनमा लागेपनि उनका काका नेपाली कांग्रेसका नेता रामशरण महतको कारण उनले पत्रकारिता छाडेर राजनीतिमा होमीन पुगेका हुन । 

      काका मन्त्री हुँदा उनको नीजि सचिव बनेर जनताका समस्या नजिकबाट नियालेका उनलाई राजनीतिमा आउन समस्या भने भएन । तर पार्टी राजनीतिमा नयाँ भएको कारण उनले पहिलो पटक नेपाली कांग्रेसको नुवाकोटको सभापतिमा प्रतिष्पर्धामा हार ब्यहोर्नु पर्यो । त्यस्तै बागमतीको प्रदेशसभामा पनि पहिलो पटक उनले निर्वाचित हुने मौका पाएनन् । तर राजनीतिमा धैर्यता आवश्यक छ र गर्न सक्नुपर्छ भन्ने काकाबाट सिकेका उनी रत्तिभर बिचलित भएनन् । बरु आफ्नो कमजोरी कहाँ भयो भन्ने अध्ययन गरेर त्यस कमजोरीलाई सुधार गरेर अघि बढे । जस्को परिणाम स्वरुप उनले नुवाकोटको पार्टी सभापतिमा र प्रदेश सांसदमा पनि बिजय हासिल गरे ।

      जनताको विश्वास जित्न निकै कठिन रहेको बुझेका उनले अहिले जनतालाई नै प्राथमिकतामा राखेर आफ्नो निर्वाचन क्षेत्रमा सिंचाई, विजुली, खानेपानी, सडक र विकास जस्ता जनताका आधारभुत आवश्यता पुरा गर्न लागि परेका छन । 

        सम्बन्धित समाचारहरु