राटनगर, विराटनगर महानगरपालिका स्तरीय सामुहिक लोक नृत्य प्रतियोगितामा मदननगर आधारभूत विद्यालय विराटनगर प्रथम भएको छ ।
विराटनगर महानगरपालिकाको आयोजना र आधारभुत विद्यालय विराटनगरको संयोजनमा सम्पन्न प्रतियोगिता अन्तर्गतका आधारभूत तहका विद्यार्थी विचको प्रतिसपर्धामा मदननगर आधारभूत विद्यालय प्रथम भएको हो । उक्त विद्यालयका ११ जना बिद्यार्थीहरुले आकाशैको कालो बादल गीतमा नृत्य प्रस्तुत गरी प्रथम रनिङ्ग शिल्ड, प्रमाण पत्र सहित नगद १० हजार रुपैँया पुरस्कार जित्न सफल भएको छ । प्रथम स्थान हासिल गर्न सफल भएकोमा मदननगर आधारभूत विद्यालयका प्रधानध्यापक विश्वनाथ न्यौपानेले विद्यार्थी भाइ वहिनीहरूलाई बधाई दिदै यस्ता कार्यक्रमहरुमा सहभागी हुने अवसर जुटाइरहने प्रतिबद्धता जनाए ।
यस्तै आदर्श मावि विराटनगरले दोश्रो स्थान हासिल गरी द्धितीय रनिङ्ग शिल्ड प्रमाणपत्र सहित नगद ७ हजार रुपैँयाको पुरस्कार जित्न सफल भएको छ । यस्तै उक्त कार्यक्रममा गोग्राह मावि विराटनगरले तृतीय स्थान हासिल गरी तृतीय रनिङ्ग शिल्ड, प्रमाणपत्र सहित नगद ५ हजार रुपैँयाको पुरस्कार जित्न सफल भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले शुभकामना दिदै विद्यार्थीहरुको हौसला बढाएका थिए । यस्तै बिशिष्ट अतिथि शिक्षा विकास तथा समन्यय इकाइ प्रमुख टेक गौतमले बधाई तथा धन्यवाद दिदै पुरस्कार वितरण गरेका थिए ।