फागुन २२,२०८० / ०९ : ०० अपरान्ह / 2024-03-05 09:00 pm
      • param ad
      • furniture
      • veera Incorporation

      संस्कृतिमन्त्री किरातीको राजीनामा माग्दै प्रदर्शन

      - एक हप्ता अगाडि
      पौष ५,२०८०

      काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै नेपाल सनातन धर्म संस्कृति संगठनले प्रदर्शन गरेको छ ।

      पशुपति क्षेत्र विकास कोषमा गैरधार्मिक व्यक्तिलाई नियुक्ति गरेको भन्दै गौशालामा विरोध प्रदर्शन गरिएको हो। 

      सरकारले माओवादी समर्थित पत्रकार लक्ष्मी पुनलाई पशुपति विकास कोषको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। त्यससँगै विभिन्न समयमा नियुक्त भएका तीन सय बढी सल्लाहकार खारेज गरिदिएको विरोधमा हिन्दूवादी संगठनहरूले मन्त्री किरातीको तत्काल राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेको हो।

      मन्त्री किरातीले क्रिस्टियनहरूको कार्यक्रममा दिएको अभिव्यक्तिको समेत उनीहरूले विरोध गरेका थिए। उनले क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधानलाई मान्दिनँ भन्नुसरह रहेको बताएका थिए।

        सम्बन्धित समाचारहरु