मोरङ्ग, मोरङ्ग उर्लाबारीकी नरमाया खनाल दंगालले विगत १५ बर्षदेखि काम नलाग्ने सामाग्रीबाट लोप हुँदै जान थालेका सामानहरु हातैले बनाएर राम्रै आम्दानि गर्दै आएकी छिन् । गरे के हुदैन भने जस्तै ३ सय रुपैँयाको धागोबाट छाताको करङ्गले स्वेटर बन्न सुरु गरेको व्यवसायले अहिले उनलाई सफल महिला उद्यमि बनाएको छ । उनले अहिले नरमाया हस्तकला उद्योगनै संञ्चालन गरी विभिन्न सामाग्रीहरु बनाएर देश तथा विदेशमा बेच्दै आएकी छिन् ।
यतिबेला उद्योग राम्रोसंग चलेपछि नरमायाका श्रीमान श्रीमतिलाई नै भ्याइ नभ्याइ भएको छ । माग र अर्डर पुरा गर्न नसक्कने गरी काम थपिदै गएपछि दुवै जना रात दिन नभनि काममा खटिन्छन् । त्यतिमात्र होइन उनीहरुले उद्योगमा दश जनालाई रोजगारी समेत दिएका छन् । श्रीमतिले हातले बुनेको एउटा स्वेटर बाट व्यवसाय सुरु गर्दा उनका श्रीमानलाई जाबो स्वेटर कसले लगाइदेला भनेर अब यो काममा अघि नबढ्न सुझाएका थिए । तर अहिले श्रीमतीको त्यो हिम्मत, लगनशिलता र धैर्यताले परिवारमा ठूलो खुसी मात्र ल्याएको छैन सबै खर्च उ्रद्योबाटै चल्ने गरेको भन्दै श्रीमान भकानिदै चिनारी मिडियालाई सुनाए ।
अहिले उनको उद्योगमा धेरै थरीका सामान तयारी हुने गरेका छन् । बच्चा देखि बृद्धासम्मले जाडोमा लगाउने जेन्स तथा लेडिजका स्वेटर टोपि लेडिज व्याग पर्श लगायत धेरै खालका सामानहरु अर्डर अनुसार बनाउने गरीएको छ । यस्तै काम नलाग्ने चिजबाट घर तथा अफिस सजावटका थुप्रै आकर्षक सामान, पदार्, सिरुको ढाकि बनाइन्छ । उद्योगमा प्रत्यक्ष रुपमा दश जनालाई रोजगारी सृजना गरेको त छ नै सिप सिकेर केहि गर्र्न चाहाने धेरै दिदी बहिनीहरुलाई नरमायाले तालिम दिएर आम्दानि गर्ने बाटो देखाउदै आएकी छन् ।
नरमाया हस्तकला उद्योग नरमायाको उद्योगले गाँउमै रोजगारीको र्सजना त गरेको छ नै चुलोचौकामा मात्रै सिमित रहेका महिला दिदी बहिनीका लागि पनि सिप सिकाएर आफ्नो खुटामा उभिन सक्ने बनाइ आम्दानीको स्रोत पनि आँफै सृजना गरेर ठुलो योगदान दिदै आएकीछिन् जसले गर्दा नरमायालाई धेरै दिदी बहिनीहरुले आफुहरुको लागि भगवान हो भनि यसरी प्रशंम्सा गर्ने गरेका छन् ।
आफ्नै मिहेनतले उदाहरिणिय काम गरी आफुलाई आर्थिक अवस्थामा सबल बनाउँदै समाजलाई पनि योगदान दिने नरमायाको थप प्रगतीको कामना गर्दै देशको कला संस्कृतिको संरक्षण संवर्द्धनमा हस्तकलाको महत्वपूर्ण भूमिका रहेकोले यस्ता खालका हस्तकला उद्योगहरुलार्ई सरकारले उच्च प्राथमिकता दिनुपर्ने देखिन्छ ।