जेष्ठ १९,२०८३ / ०१ : ३९ पूर्वान्ह / 2026-06-02 01:39 am
      • param ad
      • furniture
      • veera Incorporation

      जाजरकोट भूकम्पमा घाइते थप एक जनाको मृत्यु, मृतकको संख्या १५४ पुग्यो

      - २ वर्ष अगाडि
      कार्तिक २४,२०८०

      सुर्खेत, जाजरकोट भूकम्पमा परेर घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१, का ३२ वर्षीय निरक विष्ट छन् ।

      साता दिनअघि जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परेर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो 

      विष्टको आज बिहान उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको प्रदेश अस्पतालका डा। केएन पौडेलले बताए। हाल कर्णाली प्रदेश अस्पतालमा २६ भूकम्पका घाइतेको उपचार भइरहेको छ।

      यससँगै जाजरकोटको बारेकोट–१ रामिडाँडा केन्द्रविन्दु भएर कात्तिक १७ गते गएको भूकम्पमा परी मृत्यु हुने संख्या १५४ पुगेको छ । रुकुम पश्चिममा ५३ र जाजरकोटमा १०१ जनाको मृत्यु भएको छ ।

      हाल कर्णाली प्रदेश अस्पतालमा २६ घाइतेहरुको उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

        सम्बन्धित समाचारहरु