वैशाख ८,२०८३ / ०२ : ४६ अपरान्ह / 2026-04-21 02:46 pm
      • param ad
      • furniture
      • veera Incorporation

      जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी १२९ जनाको मृत्यु, १४० घाइते

      - २ वर्ष अगाडि
      कार्तिक १८,२०८०

      काठमाडौं, जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको ६.४ रेक्टरको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा हालसम्म १२९ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३७ गरी १२९ जनाको मृत्यु भएको हो। 

      यस्तै जाजरकोटमा ५५ र रुकुम पश्चिममा ८५ गरी १४० जना घाइते भएका छन्। प्रहरीको अनुसार विशेषगरी ११, १२, १३ र १४ नम्बर वडा प्रभावित बनेका छन्। रुकुम पश्चिम र जाजरकोटमा भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ।

      गएराति ११ बजेर ४७ मिनेटमा ६.४ रेक्टरको भूकम्प गएको  राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। 

       

        सम्बन्धित समाचारहरु