काठमाण्डौ, शिक्षा मन्त्रालयले आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घलाई आज वार्ताका लागि बोलाएको छ । तर, आज शिक्षा मन्त्रालयले बोलाएको वार्तामा नबस्ने महासङ्घले जनाएको छ ।
शिक्षा मन्त्रालयसँग यसअघि पनि पटक पटक वार्तामा बसेको तर निकास ननिस्किएको भन्दै महासङ्घले वार्तामा सरकार प्रमुखसहित सरोकारवाला अन्य निकाय पनि हुनुपर्ने माग गरेको छ । शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्ट जनाउँदै भोलि काठमाण्डौमा मार्च पास गर्दैछ ।
भोलि माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म शान्तिपूर्ण प्रदर्शन गर्ने महासङ्घले जनाएको छ । प्रदर्शनमा देशका ७७ जिल्लाका शिक्षक सहभागी हुनेछन् । प्रदर्शनमा सहभागी हुन शिक्षकहरु काठमाण्डौ आउँदैछन्।