जेष्ठ ३१,२०८१ / ०७ : ४४ पूर्वान्ह / 2024-06-13 07:44 am
      • param ad
      • furniture
      • veera Incorporation

      ब्रेक शुबाट थप ३०२ किलो सुन तस्करी भएको सीआईबीको दावी

      - ३ हप्ता अगाडि
      भाद्र २७,२०८०

      काठमाडौं, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले  विदेशबाट ब्रेक शुमार्फत् ल्याइएको तस्करीको थप ३०२ किलो सुन बरामद भएको दावी गरेको छ।

      ६० किलो ७१६ ग्राम सुन प्रकरणको अनुसन्धान सकेर आज सरकारी वकिललाई प्रतिवेदन बुझाउने तयारी गरेको सीआईबीले चिनियाँ समूहले ब्रेक शुबाट थप ३०२ केजी सुन तस्करी गरेको निष्कर्ष निकालेको हो ।

      सुन प्रकरणमा पक्राउ परेका चाइनीज समूहले पाँचवटा कम्पनी खडा गरी सुन तस्करी गरेको अनुसन्धानबाट खुलेको सीआईबी प्रमुख किरण बज्राचार्यले जानकारी दिइन्।

      उनका अनुसार सीआईबीले ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ बिगो कायम गरी मुद्दा ल्याउनेगरी तयारी भइरहेको छ। तस्करको समूहले अन्य माध्यमबाट पनि सुन ल्याएको हुनसक्ने भएकाले अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

      सुन प्रकरणमा संलग्न ५ जना विदेशी नागरिकहरूले झुटा विवरण पेश गरी नेपाली नागरिकता तथा राहदानी समेत लिएको पुष्टि हुन आएकाले यसबारे थप अनुसन्धान भइरहेको छ।

      ६० किलो सुन प्रकरणमा सीआईबीको ४२ जनाको टोलीले अनुसन्धान गरेको थियो। सुन तस्करमा नेपाली,भारतीय,चाइनिज र ताइवानी नागरिक संलग्न रहेको पाइएको छ।

       

        सम्बन्धित समाचारहरु