जेष्ठ ३१,२०८१ / ०६ : ३३ पूर्वान्ह / 2024-06-13 06:33 am
      • param ad
      • furniture
      • veera Incorporation

      एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन

      - २० घण्टा अगाडि
      भाद्र २६,२०८०

      काठमाडौं, संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । 

      आफ्नै निवासमा राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै  नेम्वाङलाई चिकित्सकले मृत घोषणा गरेका हुन्। 

       निधन भएको जानकारी पाएपश्चात प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे लगायतका नेताहरु अस्पताल पुगेका छन् । अहिले अस्पताल परिसरमा नेतारकार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ।

      अहिले अस्पताल परिसरमा नेतारकार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ। ७० वर्षका सुवासचन्द्र नेम्बाङ २००९ साल फागुन २८ गते इलाममा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा आएका थिए । २०३३ सालमा राजद्रोह मुद्दामा उनी केही समय जेल परेका थिए ।

      २०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भएका थिए । इलाम—२ बाट २०५६ देखि लगातार निर्वाचित हुँदै आएका छन्। त्यसअघि उनी राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए।

      उनी २०६३ वैशाख ३० देखि माघ १ गतेसम्म सभामुख बने। त्यसपछि त्यही साल माघ ३ देखि २०६५ जेठ १४ गतेसम्म उही जिम्मेवारी सम्हाले। २०६४ को संविधानसभा निर्वाचनमा इलाम—२ बाट निर्वाचित भए। २०६५ साउन १२ देखि २०६९ जेठ १४ सम्म र २०७० फागुन ६ देखि २०७२ असोज २७ गतेसम्म संविधानसभाध्यक्ष तथा सभामुख बने। 

      उनले २०७० को दोस्रो संविधानसभा चुनाव पनि इलाम—२ बाट जिते। २०७४ र २०७९ को निर्वाचनमा पनि उही क्षेत्रबाट जित हासिल गरे। नेकपा एमालेका उपाध्यक्ष नेम्वाङ फाल्गुनमा भएको राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार समेत बनेका थिए।

        सम्बन्धित समाचारहरु