काठमाडौं, निरन्तरको वर्षाका कारण सडक माथिबाट खसेको पहिराले जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
आइतबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ विजयपुर नजिकै सडक माथिबाट ठूलो ढुङ्गा खस्दा उक्त राजमार्ग अवरूद्ध भएको हो।
अवरुद्ध भएको स्थानमा ढुङ्गा फुटाल्न ठूलो मेसिन प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बैतडी हुँदै बझाङ जाने र बझाङबाट बाहिरिने यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।
शनिबारदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित हुनुका साथै बाढी र पहिरोको जोखिम बढाएको हो ।








