जेष्ठ १९,२०८३ / ०१ : ३५ पूर्वान्ह / 2026-06-02 01:35 am
      • param ad
      • furniture
      • veera Incorporation

      कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

      - २ वर्ष अगाडि
      श्रावण २५,२०८०

      काठमाडौं, नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मा पक्राउ परेका छन् ।

      शर्मामाथि शैक्षिक प्रमाण पत्र कीर्ते गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी०ले  शर्मालाई गोल्फुटारस्थित उनकै निवासबाट पक्राउ गरेको हो ।

      गत मंसिरको प्रतिनिधि सभा चुनावमा शर्मा मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए। उनी काठमाडौं मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक पनि हुन्।

      सांसद शर्माले केही दिनअघि प्रतिनिधि सभा बैठकमा बोल्दै सुन प्रकरण छानबिन गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग गरेका थिए।०

        सम्बन्धित समाचारहरु