काठमाडौं, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १० हजार अमेरिकी डलरसहित एक जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। आइतबार राति नेपाल एयरलाइन्सको जहाजबाट दुबई जान लागेका लेबनानी नागरिक एल यमन महम्मदलाई १० हजार अमेरिकी डलर पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार विमानस्थलका नियमित जाँचको क्रममा उनको साथमा १० हजार डलर फेला परेको हो।
सोधपुछ गर्दा उनले उचित जवाफ दिन जसकेपछि पक्राउ गरिएको हो। प्रहरीले उनलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ।








