जेष्ठ ३१,२०८१ / ०६ : १२ पूर्वान्ह / 2024-06-13 06:12 am
      • param ad
      • furniture
      • veera Incorporation

      अत्याधिक गर्मीका कारण बिराटनगरका सबै बिद्यालयहरु थप तिन दिन बन्द रहने

      - १ वर्ष अगाडि
      जेष्ठ २०,२०८०

      विराटनगर,पछिल्लो केहि दिनयता बढ्दै गएको अत्याधिक गर्मीका कारण विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित बिद्यालयहरु थप तिन दिन बिदा थप गर्ने निणर्य गरेको छ ।

      यसअघि केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै महानगरले जेष्ठ १८ र १९ गते विदा दिने निणर्य गरेको थियो  ।  बिदा थप गर्दै महानगरले जेष्ठ २१ गतेबाट २३ गतेसम्म बिदा गर्ने निर्णय गरेको हो  ।
      नगर शिक्षा समितिले शनिवार गरेको निणर्यअनुसार महानगरपालिकाको शैक्षिक क्यालेण्डर २०८० मा उल्लेखित साउन महिनाको वर्षे विदाबाट कट्टा हुनेगरी थप ३ दिन महानगर क्षेत्रभित्र सञ्चालित सबै सार्वजनिक तथा संस्थागत विद्यालयहरु विदा दिइएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

        सम्बन्धित समाचारहरु