प्रधानन्याधीशमा सिफारिस गरेका हरिकृष्ण कार्कीविरूद्ध उजुरी दिन आह्वान भएको छ। संवैधानिक परिषदले सिंहदरबारमा बसेको सुनुवाइ समिति बैठकले कार्की विरूद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।
कार्कीविरूद्ध उजुरी आह्वान गर्ने सूचना गोरखापत्रमा पनि प्रकाशन हुनेछ । कार्कीविरूद्ध पत्र र इमेलबाट उजुरी दिन सकिनेछ । सुनुवाइ समितिको बैठक ज्येष्ठ सदस्य राप्रपा सांसद पशुपतिशमशेर राणाको अध्यक्षतामा बसेको थियो । यो बैठकले सुनुवाइ समिति कार्यविधि पनि पारित गरेको छ ।
कार्की लामो समयदेखि कामु प्रधानन्यायाधीश छन्।
सुनुवाइ समितिको पहिलो बैठकमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्बोधन समेत गरेका थिए। गत वैशाख २५ गते बसेको संवैधानिक परिषद बैठकले प्रधानन्याधीशमा कार्कीलाई सिफारिस गर्ने निर्णय गरेको थियो।