भाद्र २३,२०८१ / ०९ : १३ पूर्वान्ह / 2024-09-08 09:13 am
      • param ad
      • furniture
      • veera Incorporation

      बजेटमा कृषि क्षेत्र प्राथमिकतामा, रसायनिक मल खरिदका लागि ३० अर्ब बिनियोजन

      - १ वर्ष अगाडि
      जेष्ठ १५,२०८०

      आगामी आर्थिक वर्षको बजेटमा कृषि,क्षेत्रलाई  उच्च प्राथामिकतामा पारेको छ  ।
      कृषि क्षेत्रमा कृषकरुले भोग्नुपरेको  रानसायनिक मलको अभावको समस्यालाई न्युनिकरण गर्नका लागि रसायनिक मलका लागि बजेट दोब्बरले वृद्धि गरेको छ । सरकारले आर्थिक वर्ष (आव) २०८०÷८१ को बजेटमार्फत आगामी आवका लागि ३० अर्ब रुपैयाँ रासायनिक मल खरिदका लागि विनियोजन गरेको हो ।
      चालु आर्थिक वर्ष २०७९÷८० का लागि १५ अर्ब रुपैयाँ रासायनिक मलका लागि विनियोजन गरिएको थियो । आर्थिक वर्ष २०७८÷७९ का लागि १२ अर्ब बजेट विनियोजन भएको थियो भने आव ०७७÷७८ मा ११ अर्ब रुपैयाँ रासायनिक मल खरिद लागि बजेट छुट्याएको थियो ।
      अर्थमन्त्री महतले सम्पन्न हुने खालका आयोजनामा आवश्यकता अनुसार बजेट दिएका छन् भने सुरू नै हुन नसक्ने खालका आयोजनामा बजेट कटौती गरेका छन्।
      कृषिको आधुनिकीकरण,उत्पादन बढाउने खालका योजनामा मात्रै बजेट विनियोजन गरिने अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै बताएका हुन्। 


        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d