रूकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना भएको छ । उक्त दुर्घटनामा १४ जना यात्रु घाइते भएका छन् ।
सानीभेरी–५ मेल्चोरबाट खलङ्गा आउँदै गरेको लु १ ज १७४७ नम्बरको जिप आज बिहान पौने ८ बजे बाँफिकोट गाउँपालिका–८ दुलीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रूकुमले जनाएको छ । जिप सडकबाट अन्दाजी चार सय मिटर तल खसको थियो ।
प्रहरी कार्यलय रुकुमका अनुशार दुर्घटनामा गम्भीर घाइते भएका एक शिशु, दुई महिला र दुई पुरूषसहित पाँच जनाको अवस्था चिन्ताजनक छ। उनीहरूलाई उपचारका लागि नेपालगञ्ज लैजाने तयारी भइरहेको छ । थप ११ जना घाइतेहरूलाई उद्धार गरी सल्ले अस्पताल लैजान लागिएको छ ।
पानी परिरहेका कारण घाइतेको उद्धारमा समस्या रहेको उनले बताए। प्रहरी घटनास्थलमै रहेको र थप विवरण आउन बाँकी रहेको इन्सपेक्टर श्रेष्ठले बताए।